Skip to content

एसीसीए नेपाल र एनसिए कलेजको संयुक्त आयोजनामा Certificate in International Financial Reporting Standard सम्बन्धी तालिम सम्पन्न

  • सिए सरोकार सम्बाददाता
जनकपुर । एसीसीए नेपाल र एनसिए कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा Certificate in International Financial Reporting Standard (Cert-IFR) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रम गत २०७९ जेष्ठ २८ गते शनिबार जनकपुरस्थित होटल सीताशरणमा मधेश प्रदेशका, धनुषा, सिराहा, सप्तरी, सर्लाहि, महोत्तरी र सिन्धुली गरी ६ जिल्लाका ११ र १२ कक्षामा तथा विविए तथा विविएसमा लेखाशास्त्र विषय अध्यापन गराउने ४६ वटा कलेजका शिक्षक/शिक्षिकाहरुलाई हाल परिबर्तित पाठ्यक्रममा समावेश गरिएको केहि नयाँ पाठ्य सामाग्रीलाई समेत मध्यनजर गरी Certificate in International Financial Reporting Standard (Cert-IFR) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो।
उक्त कार्यक्रमको समुद्घाटन शत्रमा आयोजक एसिसिए नेपाल तथा एनसिए कलेजका तर्फबाट एसिए कलेजका अध्यक्ष सुरेश पण्डितले उपस्थित विशिष्ट अतिथिहरु एवं तालिममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य र महत्व माथि प्रकाश पारेक थिए । साथै अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राजशी जनक विश्वविद्यालयका उपकुलपति
प्रा.डा शैलेन्द्र नारायण मल्लिक, रजिष्ट्रार प्रो. जुगेश्वर झाले संयुक्तरुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमलाई सम्वोधन गरेका थिए । 
यसैगरि राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुख प्रकाश राज काफ्ले, पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्य (सिनेटर) तथा हिमालयन हव्वाईट हाउस इन्टरनेशनल कलेज पुतलीसडकका प्रिन्सीपल प्रा. तोया नारायण पौड्याल, शिक्षाविद तथा मोडेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरेन्द्र कुमार साह र जनपुर उपमहानगर पालिका शिक्षा शाखा प्रमुख मेहीलाल यादवले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा धनुषा जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका अध्यक्षहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्