
- कृष्णा चौंलागाई / सिए सरोकार डटकम
काठमाडौँ – सीसीए नेपालको आयोजनामा करियर एण्ड लर्निंङ फेयर २०१७ रेडिसन होटल, लाजिम्पाटमा आयोजना भइरहेको छ । आज अर्थात २५ फेब्रुअरीका दिन उक्त कार्यक्रम विहान १० बजे सुरु भएको थियो भने कार्यक्रम बेलुकी ४ बजेसम्म संचालन हुने बताइएको छ ।
कार्यक्रममा उद्घाटन सत्रमा बोल्दै एसीसीएका नेपाल प्रमुख रविन कटवालले नेपालमा एसीसीएको सम्भावना बढ्दै गएको भन्दै कार्यक्रम एसीसीएलाई आफ्नो करियर बनाउन चाहाने विद्यार्थीहरुका लागि निकैनै फलदायी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न अतिथिहरुले समेत आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा एसीसीए अध्ययन गर्न चाहाने विद्यार्थी, एसीसीए अध्ययन गरिरहेका विद्यार्थी तथा एसीसीए अध्यापन गराउने विभिन्न ट्युसन प्रोभाइडरहरुको समेत उपस्थिति छ ।
एसीसीए नेपालले नेपालमा रहेका एसीसीए सदस्य र एसीसीए अध्ययन गर्न चाहाने विभिन्न विद्यार्थीहरुका लागे यसखाले कार्यक्रम आयोजना गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा एसीसीएले आफ्ना कार्यक्रमहरु झन् तदारुकताका साथ आयोजना गर्दै आएको छ ।
रेडिसन होटलमा भएको उक्त कार्यक्रमबारे तयार गरिएको विशेष सामाग्री यहि हप्ता सिए सरोकार टेलिभिजन कार्यक्रममा समेत प्रस्तुत हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्