काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले काउन्सिल सदस्य हुनका लागि सदस्य भएको १५ बर्ष पूरा हुनुपर्छ भनी काउन्सिलबाट पारित गरी स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको लामो समय हुँदासम्म नबोलेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) मन्त्रालयले आफ्नो निर्णयलाई अन्तिम रुप दिइसकेपछी बल्ल बोलेको छ । एक्यानले सोमबार आइक्यानलाई पत्र लेख्दै निर्णय फिर्ताको माग गरेको छ । जवकी एक्यानले उक्त पत्र आइक्यानमा दर्ता गराउनुभन्दा अघि नै मन्त्रालयले उक्त निर्णयबारे आफ्नो अन्तिम धारणा बनाई आइक्यानलाई पठाउने तयारी गरिसकेको थियो । अर्थात सार्है ढिलोगरी एक्यान बोल्दा संघ बोल्नु र नबोल्नुको खासै अर्थ देखिएको छैन ।
किन भयो ढिला ?
एक्यानसँग यतिसम्म समय थियो कि यो निर्णय गरेको बैठक नसकिंदै सिए सरोकार डटकमले यस विषयमा समाचार ब्रेक गरिसकेको थियो भने भोलिपल्टै एक्यान अध्यक्षले सिए सरोकारमार्फत नै यस विषयमा आफ्नो विरोध भएको बताईसकेका थिए । तर सिए सरोकारसँगको कुराकानीमा आइक्यानको सो निर्णय पारित भए अदालत जाने चेतावनी संघका अध्यक्षले सार्वजनिक रुपमै गरेको भएपनि यस विषयमा संघको कुनै पनि आधिकारिक धारणा बाहिर आएको थिएन । किन बोलेन त एक्यान ? यो प्रश्नमा संघका पदाधिकारीहरुको जवाफ थियो- कसैले यस विषयमा बोल्दिनुपर्यो भनेर कुरै आएको छैन वा सदस्यहरुले बोलिदिनुपर्यो भनेकै छैनन् । प्रकरणबारे एक्यान अध्यक्षले बोलिसकेको अवस्थाका बीच यहि भनेर संघ बस्यो । जव नीतिबारे मन्त्रालयले निर्णय नै गरिसक्यो, तव एक्यान बोल्यो । अहिले एक्यान पदाधिकारीहरुको तर्क छ- ‘केहि सदस्यहरुले हिजो मात्र मेल गर्नुभयो यस विषयमा विरोध हुनुपर्यो भनेर, त्यहि भएर हाम्रो ध्यानाकर्षण पत्र आइक्यान पुर्याईएको छ ।
अझ दुखको कुरा त के छ भने सिए सरोकारले उक्त समाचार ब्रेक गरेपछि सिएहरुले विरोध पनि समयमा नै गरेका थिए । उता मन्त्रालयले कसैले विरोध गर्देला रे हेरौंला भनेर बसिरहेको थियो तर कोहि बोलेन । कोहि नबोलेपछि जव मन्त्रालयले आफ्नो अन्तिम निर्णय गर्यो, तव एक्यान बल्ल बोल्यो…जसको कुनै तुक बाँकी थिएन…
मन्त्रालयले के निर्णय गर्यो ? एक्यानको पत्रमा के छ ?
मन्त्रालयले के निर्णय गर्यो ? काउन्सिलको निर्णयलाई पारित गर्यो ? कि स्वीकृति दिएन ? कि फरक तरिकाले स्वीकृत दियो कि के गर्यो ? यस विषयमा एक्यानका कसैलाई पनि थाहा नभएको देखियो । आइक्यानमा औपचारिक रुपमा उक्त पत्र आएपछि सिए सरोकार डटकमले यस विषयमा तथ्य ब्रेक अवश्य गर्नेछ ।
एक्यानले आइक्यानमा लेखेको पत्रमा आइक्यानको पार्षद् बैठकमा बहुमत सदस्यको असहमति रहँदा रहँदै पनि पार्षद बन्न सदस्य भएको १५ वर्ष उमेर हद कायम गरिएको भन्दै ध्यानाकर्षण उल्लेख छ । पत्रको विस्तृत विवरण हेर्नुहोस्।
प्रतिक्रिया दिनुहोस्