Skip to content

‘एक्यानका अध्यक्षका कुरा मात्र ठुला’ भन्दै महिला सिएहरुले पोखे यस्तो गुनासो ! हरि सिलवालको भनाइ र गराई फरक भएको दुखेसो !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- एक्यानमा महिलाको उपस्थितिबारे ठुलै गफ हाँक्ने हरि सिलवालप्रति महिला सिएहरु चरम असतुष्ट भएको पाइएको छ । एक्यानको निर्वाचनको विषयलाई लिएर सिलवालप्रति महिला सिएहरु चरम असतुष्ट भएका हुन् । बेलुकी ६ बजेदेखि राती ९ बजेसम्म निर्वाचन हुने र त्यसपछिको मतगणनामा आफुहरु बस्न नसक्ने गरी समय राखिएको भन्दै सिलवालप्रति महिला सिएहरु असतुष्ट भएका हुन् ।
‘हरि सरलाई हाम्रो बारेमा गफ हान्न दियो भने उहाँले आकाशको तारा नै झार्नुहुन्छ । तर हामीले मतगणना हेर्नै नपाउने गरी समय निर्धारण गर्नुहुन्छ ।’ नेपाल बोर्डबाट सिए पास गरेकी एक महिला सिएले सिए सरोकारसँग गुनासो पोखिन्, ‘हरि सरलाई तपाईंले यो के गरेको भनेर सोध्यो भने उहाँले फेरी आधा घण्टा समय खानेगरी गफ दिनुहुन्छ, सबैलाई झक्झकाउने गरी सिए सरोकारले आवाज उठाउनु पर्यो ।’ 
उनका अनुसार सिए क्षेत्रले नै महिलाहरुलाई सम्मान गर्न सकेको छैन । ‘चुनावका बेला घर पुर्याईदिने, घरबाट ल्याउने सबै सर्त सहित हामीलाई बोलाइन्छ । तर हामी सहभागी हुन नपाउने गरी कार्यक्रम निर्धारण गरिन्छ । कुन घरकि छोरीहरु रात-विरात बाहिर बस्न मिल्छ र ? विहान देखि सुरु गरेर बेलुकासम्म सक्काउँदा के बिग्रन्थ्यो र ? कुरा गर्न सजिलो छ । काम गर्न गाह्रो छ । हरि सिलवालले त हाम्रो समस्या बुझ्नुहुन्छ जस्तो लागेको थियो तर उहाँ त झन् कुरैमात्र ठुला गर्नुहुँदो रहेछ ।’ ती महिला सिएले सिए सरोकारसंग गुनासो पोखिन् ।
एक्यानका पदाधिकारीहरुलाई समेत पटक पटक यो कुरा भनेको बताउंदै उनी भन्छिन्, ‘कुरा गर्यो कुरैको दुख जस्तो हुन्छ । आवाज उठायो बेकार सम्बन्ध बिग्रिन्छ । तर यसपालीको एक्यानको नेतृत्व त खत्तम नै रहेछ । हामी महिलालाई त साँचो भन्दा भेदभाव नै गरेको छ ।’ अव आउने अध्यक्षले यो कुरालाई सुधार्न दवाव दिन सिए सरोकारलाई अनुरोध गर्दै उनले भनिन्, ‘यसपाली ठुला ठुला एजेन्डा बाँडेर एक्यानमा जानेलाई यो कुरा बुझाइदिनुपर्यो । एक्यानमा सहभागी हुन हामीलाई पनि मन छ । तर हामीले सहभागी हुन मिल्ने गरी समय छुट्याउनु पर्यो ।’

प्रतिक्रिया दिनुहोस्