Skip to content

चितवनमा आयोजना हुँदै ‘राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता २०८०’

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल ९एक्यान०ले चितवनमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । एक्यानको चितवन शाखाले ‘राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता २०८०’ आयोजना गर्ने भएको हो ।
एक्यानद्धारा आयोजना हुने उक्त फुटसल प्रतियोगिता असोज १२ र १३ गते भरतपुरको गौतमचोकस्थित प्रसिद्ध फुटसल एरिनामा हुने एक्यान चितवनले जनाएको छ । उक्त फुटसल प्रतियोगितामा देशभरीका चार्टर्ड एकाउन्टेन्टहरुको टोली सहभागी हुनेछन् ।
उक्त प्रतियोगिता सिकाई र भोगाईको नयाँ अध्याय बन्नुका साथै रोमाञ्चक पनि हुनेमा एक्यान चितवनले विश्वास गरेको छ । यसका साथै एक्यान चितवनले उक्त प्रतियोगिता खेलकुद पात्रोमा पनि हाइलाइट हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्