Skip to content

एक्यान इलेक्सन २०७६ : अध्यक्ष पदका लागि वाग्ले र पाण्डे भीड्दै, कसले मार्ला बाजी ?

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्एट्स संघ (एक्यान)ले चुनावको मिति तय गरेको छ । एक्यानले केहि दिन अगाडि निर्वाचन मितिको टुंगो लगाएको सूचना सार्वजनिक गरेको हो । फाल्गुन १० गते हुने निर्वाचनमा यसपाली सबै पदमा निर्वाचन हुने पक्का प्राय: छ। गत चुनावमा उपाध्यक्ष पदका लागि दीपक पाण्डेकोमात्र उम्मेद्वारी पर्दा उनी निर्विरोध निर्वाचित भएका थिए ।
वाग्ले र पाण्डे अध्यक्ष पदका लागि भिड्दै 
संघका हालका अध्यक्ष आनन्द वाग्ले र हालका उपाध्यक्ष दीपक पाण्डे अध्यक्ष पदका लागि लड्ने पक्का भएका छन्। उनीहरुले आ-आफ्नो प्यानलसमेत लगभग तयार गरिसकेका छन् । यो भीडन्तलाई एक्यानको इतिहासमै सबैभन्दा रोचक र अर्थपूर्ण भीडन्तका रुपमा हेरिएको छ । यस अघि महासचिवको निर्वाचनमा दीपक पाण्डे र सन्तोष लम्सालबीचको भएको भीडन्तलाई एक्यानमा हालसम्मकै रोचक भीडन्तका रुपमा लिइने गरेको छ । उक्त निर्वाचनमा मत बराबरी भएपछि गोलाप्रथा गर्नुपरेको थियो र उक्त गोलाप्रथामा सन्तोष लम्साल भाग्यमानी ठहरिएका थिए । 
कसले मार्ला बाजी ?
चुनावको लागि दुवै पक्षको तयारी राम्रो देखिएको छ । दुवै उम्मेदवारहरु भेटघाट, समूहगत छलफलमा व्यस्त छन् । अरुको प्यानलका व्यक्तिलाई आफ्नो उम्मेदवार बनाएर आफ्नो वातावरण सहज बनाउने प्रयास पनि दुवै पक्षबाट भइरहेको छ । दुवै पक्षले आफ्नो जीत निश्चित प्राय:भएको दावी गर्ने गरेका छन् । तर इतिहासमै पहिलोपटक हुने यस्तो रोचक भीडन्तले कस्तो मोड लिन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्