Skip to content

एक्यान इलेक्सन : उपाध्यक्ष पदमा अरुण राउत र रमेश धिताल भीड्दै, कसले मार्ला बाजी ?

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्एट्स संघ (एक्यान)ले चुनावको मिति तय गरेको छ । एक्यानले केहि दिन अगाडि निर्वाचन मितिको टुंगो लगाएको सूचना सार्वजनिक गरेको हो । फाल्गुन १० गते हुने निर्वाचनमा यसपाली सबै पदमा निर्वाचन हुने पक्का प्राय: छ । गत चुनावमा उपाध्यक्ष पदका लागि दीपक पाण्डेकोमात्र उम्मेद्वारी पर्दा उनी निर्विरोध निर्वाचित भएका थिए । यसपालीको चुनावमा अध्यक्षका लागि हालका अध्यक्ष आनन्द शर्मा वाग्ले र हालका उपाध्यक्ष दीपक पाण्डे मैदानमा उत्रदैछन् । यता उपाध्यक्ष पदका लागि भने अरुण राउत र रमेश धिताल मैदानमा भीड्ने भएका छन् । 

को बन्ला अबको उपाध्यक्ष ?
चुनावमा दुई क्लियर प्यानल छन् । आनन्द शर्माको प्यानलमा उपाध्यक्षको दाबेदार हालका संघका महासचिव अर्थात अरुण राउत हुन् । यता हालका उपाध्यक्ष दीपक पाण्डेको प्यानलका उपाध्यक्षका उम्मेदवार भने रमेश धिताल छन् । उनले पनि एक्यानको महासचिव पद सम्हालिसकेका छन् । अध्यक्षको भीडन्तको तुलनामा यो भीडन्त खास रोचक नभएपनि यो भीडन्तलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । अरुण राउत नेपाल बोर्डबाट क्वालिफाईड सिए भएकाले उनलाई नेपाल बोर्डका भोटरहरुको दरिलो साथ छ । रमेश धिताललाई सिनियरहरुको एउटा समूहको बलियो साथ छ । 

प्रतिक्रिया दिनुहोस्