Skip to content

एक्यानको भवन निर्माणका लागि सिए सरोकारको अभियान : अटानले गर्यो रु. १०,००० सहयोग

  • सिए सरोकार सम्बाददाता 

सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता अभियानमा सिए सरोकारले सुरु गरेको एक्यान भवन निर्माणका लागि सहयोग संकलन कार्यक्रममा नेपाल लेखा प्राविधिक संघ (अटान) का अध्यक्ष रुद्र ढुंगेलले संस्थागत रुपमा अटानले पनि एक्यान भवन निर्माणका लागि रु १० हजार सहयोग गरेका छन्  ।
बिहिबार सिए सरोकार टेलिभिजन कार्यक्रमका अथिति समेत बनेका ढुंगेलले एक्यान भवन निर्माणका लागि रकम संकलन गर्न मिडिया अभियान चलाएर सिए सरोकारले उल्लेखनीय काम गरेको भन्दै आफु पनि यसमा सहयोग गर्न इच्छुक भएको भन्दै संस्थागत रुपमा अटानका तर्फबाट रु. १० हजार सहयोग गरेका हुन् ।
सिए सरोकारका प्रधान सम्पादक सुरज प्याकुरेलले चेक बुझ्दै आफुले संचालन गरेको अभियानमा साथ दिएकोमा रुद्र ढुंगेल र अटानलाई धन्यवाद दिएका छन्  । उक्त चेक शुक्रबार एक्यानका कोषाध्यक्ष सिए दुर्गा ज्ञवालीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
सहयोग रकम प्राप्त भएको खबरले आफुलाई निकै खुसी लागेको बताउंदै यता एक्यानका कोषाध्यक्ष दुर्गा ज्ञवालीले सिए सरोकारले उल्लेखेनीय काम गरेको र आफु र संस्था यसबाट खुसी रहेको बताएका छन्  ।
सिए सरोकार डटकमले एक्यान भवन निर्माणका लागि सहयोग संकलन गरिरहेको छ भने सिए सरोकारले स्वयम् पनि यसअघि भवन निर्माणका लागि रु ५००० सहयोग गरेको थियो  । 

प्रतिक्रिया दिनुहोस्