Skip to content

एक्यानको ‘विरोधपत्र’ बुझ्दै आइक्यान अध्यक्षले भने- ‘ढुक्क हुनुस्, लेखा व्यवसायलाई अहित हुनेगरी कुनै सम्झौता हुँदैन’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । आरएहरुलाई सिए बन्न बाटो सहज बनाउने गरी टास्क फोर्सले आइक्यानमा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछी आइतबार नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आइक्यानका अध्यक्षलाई विरोध पत्र बुझाएको छ । आइतबार विहान आइक्यान पुगेको एक्यानको टोलीले आइक्यानका अध्यक्षलाई उक्त विरोधपत्र बुझाएको हो ।
विरोधपत्र बुझेपछि आइक्यानका अध्यक्षले लेखा व्यवसायलाई अहित हुनेगरी  कुनै पनि सम्झौता नहुने बताएको आइक्यानका कार्यकारी समितिका सदस्य सिए शेषमणि दाहालले सिए सरोकारलाई जानकारी दिएका छन् ।
‘हामीले हाम्रो विरोधपत्र बुझायौं । अध्यक्षज्यू हाम्रो कुरामा निकै सकारात्मक हुनुहुन्छ । अध्यक्षज्यूले तपाईंहरु ढुक्क भएर जानुहोस्, लेखा व्यवसयलाई अहित हुनेगरी कुनै पनि सम्झौता हुँदैन भन्नुभयो । हामीले हाम्रो खबरदारी जारी रहनेछ भनेर फर्कियौँ ।’ सिए दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्