काठमाडौँ । आरएहरुलाई सिए बन्न बाटो सहज बनाउने गरी आइक्यानको एक टास्क फोर्सले संस्थामा बुझाएको प्रतिवेदन सिए सरोकारले सार्वजनिक गरेपछि अहिले यस विषयमा विभिन्न खालका बहस सुरु भएका छन् । अझ उक्त प्रतिवेदनमा एक्यानको नामसमेत छलफल भएको आशयसहित मुछिएपछी एक्यानका पदाधिकारीहरु थप जुर्मुराएका छन् । र त शुक्रबार बैठक बसेका एक्यानका उपलब्ध पदाधिकारीहरु शनिबार पनि छलफलमा जुटेका छन् ।
एक्यानका कार्यकारी समितिका एक सदस्यले दिएको जानकारी अनुसार उक्त रिपोर्टमा एक्यानको नाम कसरी आयो र अवको कदम के हुन्छ भन्ने विषयमा विभिन्न पदाधिकारीहरुको धारणा लिने र यस विषयमा छलफल गरिंदैछ । टास्क फोर्सको रिपोर्टले एक्यानका सदस्यहरु नै एक्यानप्रति रुष्ट हुने गरी सामाजिक संजालमा टिप्पणीहरु आउन थालेपछि निकै गम्भीर भएर छलफल अगाडी बढेको उनको भनाइ छ ।
यसैबीच कार्यकारी समितिका सदस्य सिए अनिल लामिछानेले सामाजिक संजालमार्फत आफुहरुले आफुहरुलाई दिइएको मत खेर नजाने स्पस्ट पारेका छन् । टास्क फोर्सको प्रतिवेदनतर्फ संकेत गर्दै उनले सामाजिक संजालमा लेखेका छन्- ‘ ACAN मा हजुरहरुले दिनुभएको भोट खेर जान दिदैनौं, ढुक्क हुनुस्, हामीलाई हजुरहरुको साथको खाँचो छ ।
संघका अध्यक्ष भने यति बेला व्यक्तिगत घुमघामका कारण रारा तिर भएकाले बैठकमा उपस्थित छैनन्।
प्रतिक्रिया दिनुहोस्