- रेखा चन्द / राधिका श्रेष्ठ
काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्द्रेणी बैंङक्वेट काठमाडौँमा शनिबार सम्पन्न भएको सभामा आ.व.२०७६/०७७ को लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गरिएको छ भने आ.व.२०७७/०७८ को लेखापरीक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक पनि निर्धारण गरिएको छ । सभामा विशेष प्रस्ताव अन्तर्गतको विधान संसोधनलगायतका विषयमा पनि छलफल गरिएको थियो ।
संघको ३६औँ वार्षिक साधारणसभाको उद्घाटन शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठले गरेका थिए । सभामा शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, आइक्यानका अध्यक्ष सिए मदन शर्मा, एक्यानका पदाधिकारीलगायतका बरिष्ठ सिएहरुको उपस्थिति रहेको थियो ।
यता एक्यानमा उठेको महिला समावेशीकरणको मुद्धा सर्वसम्मतले पास भएको छ ।
३० तस्विरमा हेर्नुहोस् साधारणसभाका झलक
प्रतिक्रिया दिनुहोस्