Skip to content

टास्क फोर्स प्रतिवेदन प्रकरण : एक्यानले आइक्यानमा बुझायो ध्यानाकर्षण पत्र !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौं । रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले परिषद्‍मा पेस गरेको प्रतिवेदनमाथि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल चार्ट एकाउण्टेण्ट्स संस्था (आइक्यान) को परिषद्ले गठन गरेको रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले परिषद्‍मा पेस गरेको प्रतिवेदनमाथि एक्यानले असहमति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । 
एक्यानले बुझाएको उक्त पत्रमा परिषद्‍मा पेश गरिएका विषयहरु खारेज गर्नुपर्ने उल्लेख गरिको छ । यस्तै सीए शिक्षालाई सहज र छोटो बाटो अपनाई उत्पादित हुने जनशक्तिले समग्र क्षेत्रको हित नगर्ने भन्दै संघले असन्तुष्टि जनाएको छ। साथै आफ्ना मागको सुनुवाइ नभए कडा संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी संघले दिएको छ।
ध्यानाकर्षण पत्रसहित !

प्रतिक्रिया दिनुहोस्