Skip to content

एक्यानमा महिला सिएहरुको एजेन्डाको ‘अभूतपूर्व जीत’, महिला समावेशीकरणको एजेन्डा सर्वसम्मतले पारित !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । एक्यानमा उठेको महिला समावेशीकरणको मुद्धा सर्वसम्मतले पास भएको छ । आज भएको नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) एक्यानको बार्षिक साधारणसभाले सो एजेन्डा पास गरेको हो । केहि दिन यता एक्यानका महिला सिएहरुले यो माग जोडदारका साथ राखेका थिए । अव एक्यानको केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति लगायतका समितिहरुमा समावेशी रुपमा महिलाहरुको उपस्थिति हुनेछ।
यो एजेन्डा पास भएसँगै बर्षौंदेखि पुरुषहरुले मात्र एकलौटी रुपमा राज गरिरहेको एक्यानमा अव महिलाहरुको पनि सम्मानजनक उपस्थिति हुनेछ।इन्द्रेणी बैंङक्वेट काठमाडौँमा शनिबार सम्पन्न भएको सभामा आ.व.२०७६/०७७ को लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गरिएको छ । यस्तै आ.व.२०७७/०७८ को लेखापरीक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक पनि निर्धारण गरिएको छ ।
संघको ३६औँ वार्षिक साधारणसभाको उद्घाटन शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठले गरेका थिए । सभामा शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारी, आइक्यानका अध्यक्ष सिए मदन शर्मा, एक्यानका पदाधिकारीलगायतका बरिष्ठ सिएहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्