
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संघको इतिहासमै पहिलोपटक कोरम नपुगेर साधारणसभा नै एक घण्टाका लागि स्थगित गरिएको छ । कुल सदस्यको २५ प्रतिशत सदस्यको कोरम चाहिनेमा जम्मा ११४ जना मात्र सदस्य उपस्थित भएपछी साधारणसभा रोकिएको हो । अहिले १ घण्टाको चिया ब्रेक गरेर सदस्य पुर्याउने भन्दै एक्यानका अध्यक्ष लागिपरेका छन् ।
सभा यतिसम्म कन्तबिजोग भएको थियो कि मन्त्रीले सम्बोधन गर्दासमेत ५०-६० जना अमात्र हलमा उपस्थित थिए ।सभाको यस्तो हालत देखेपछि धेरैले एक्यानको इतिहासमै आजको सभालाई कालो सभाका रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् ।
मान्छे खोज्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्