काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिए बन्ने बाटो झन् सजिलो बनाउने गरी रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा एक्यानसँग पनि छलफल भएको आशय प्रस्तुत भएपछी यो प्रकरणले अहिले सिएहरुमाझ खुब चर्चा पाएको छ । कतिपयले यस्तो गम्भीर विषयमा पनि एक्यानले कसरी सुझाव दियो त ? भन्ने चर्चाहरु पनि गरेका छन् । तर एक्यानका अधिकांस पदाधिकारीहरुले भने यस विषयमा एक्यानसँग कुनै छलफल नभएको प्रष्ट पारेका छन् ।
‘कोहि व्यक्ति विशेषलाई बोलाएर कुरा गरेको भए छुट्टै कुरा हो । तर एक्यानसँग कुनै पनि छलफल भएको छैन । यस विषयमा हाम्रो स्वीकारोक्ति पनि हुनै सक्दैन ।’ सिए सरोकारसँग कुराकानी गर्दै संघका महासचिव तेज सुवेदीले भने, ‘एक्यानको नाम उक्त रिपोर्टमा कसरी आयो भन्ने विषयमा हामी पनि अचम्मित भएका छौं र यस विषयमा नै छलफल गर्दैछौं । छलफलको निष्कर्ष के हुन्छ, त्यहि अनुसार संभवत आइतबार यस विषयमा आइक्यानलाई जानकारी गराउउँछौं’ यस विषयमा कुराकानी गर्न खोज्दा संघका अध्यक्ष आनन्द शर्मा वाग्ले र उपाध्यक्ष रमेश धितालको भने फोन लागेन । वाग्ले हाल उपत्यका बाहिर छन् ।
प्रतिवेदनमा हाल आरएहरुले सिए अध्ययन गर्न चाहेको खण्डमा सस्पेन्ड गर्नुपर्ने सीइओपी सस्पेन्ड गर्नु नपर्ने, क्याप टु पूरै एक्जेम्सन दिने, क्याप थ्रीमा पनि आरएहरुले पढेको विषयलाई लिएर पाठ्यक्रम ‘म्याच’ गरी केहि विषय छुट दिने, र आर्टिकलशिपको हकमा पनि सार्है सहज हुने गरी अगाडी बढ्न सकिनेगरीका सुझावहरु छन् ।
प्रतिक्रिया दिनुहोस्