Skip to content

नेतृत्वको कमजोरीका कारण हामीले सिएहरुको महत्व राज्यका संयन्त्रलाई बुझाउन सकेनौं : एक्यान अध्यक्ष

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६ औं बार्षिक साधारण सभामा बोल्दै संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सिएहरुको महत्व राज्यलाई बुझाउन नसकिएको बताए । आफुहरु वित्तीय क्षेत्रको विज्ञ भएर पनि नेतृत्वको कमजोरीका कारण सिएहरुको महत्व राज्यलाई बुझाउन नसकेको उनको तर्क थियो । आफुहरु विज्ञ हौँ भनेर राज्यलाई बुझाउन नसकेको बताउंदै उनले करका विषयमा सिएहरुजस्तो विज्ञहरु अरु हुन नसक्ने दाबी गरे ।
कार्यक्रममा बोल्दै उनले टियुले समकक्षता नदिएको विषयमा पनि बोले । आफुहरु सक्षम भएर पनि धेरै ठाउँमा जागिर खान नमिल्ने गरी समक्षताको इस्यु निस्किएको भन्दै यसको समाधानको विकल्प नभएको बताए । उनले त्रिभुवन विश्वविद्यालयसँग कुरा गरेर यसको निचोड निकाल्नुपर्नेतर्फसमेत जोड दिए ।
कार्यक्रममा बोल्दै उनले कोड अफ इथिक्सक विषयमा पनि बोले । यद्यपी उनले कोड अफ इथिक्सका बारेमा बोल्दा सहभागी केहि सिएहरु मुसुमुसु हाँसीरहेका थिए । उनकै पारिवारिक सदस्य नै कोड अफ इथिक्स विपरित काम गरेको भन्दै अहिले नियामक आइक्यानमा मुद्धा विचाराधीन भएको इस्युलाई सम्झेर केहि मुस्कुराएको प्रष्ट देखिन्थ्यो ।
उनले आइक्यानसँग मिलेर जान आफुहरु तयार भएकोसमेत बताए । बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्