
अध्यक्ष हुन कै निम्ति एक व्यक्ति एक पेसा को नीतिलाइ जवरजस्त पर सार्न चलखेल गरेको आरोप लागेपछी एकाएक नेपाली सिए बजारमा बदनाम भएका आइक्यान अध्यक्ष प्रकाश लम्शाल कापा बोर्ड सदस्यमा निर्वाचित भएका छन्। आइक्यानको प्रतिनिधित्व गर्दै जम्बो टोलि सहित दक्षिण कोरिया पुगेका लम्शाल आज कापाको बोर्ड सदस्यमा निर्वाचित भएका हुन्।

आइक्यानका उपाध्यक्ष एवं भ्रमण टोलीका सदश्य महेश खनालले यसलाई आइक्यानको एतिहासिक सफलता भनेकाका छन् भने धेरै सिएहरुले यसलाई सामान्य भनेका छन्। कापाले नेपाली प्रतिनिधिलाइ बिगत देखि नै बोर्ड सदश्य हुनको लागि प्रोत्सहान दिने गरेकोले यो कुनै नौलो सफलता नभएको विश्लेषकहरु बताउँछन्।
आइक्यानका अध्यक्ष बनेदेखि नै बिबादमा आएका प्रकाश लम्शाल कोरियाको भ्रमण ताका पनि बिबादित बनेका थिए। दशैं अघि एफसीएका लागि परेको आवेदनको सुनुवाई नै नगरी भ्रमणको तयारीमा मात्र एकोहोरो रुपमा लागेको र त्यसले गर्दा आबेदन दिएकाहरुले एफसीएको दर्जा नपाउँदा प्यापारिक घाटा व्यहोर्नु परेको आरोप समेत कतिपय सिएहरुले लगाएका थिए। अझ कतिपयले त प्रकाश लम्शालले आफ्ना ‘क्लाइण्ट’ खोसिने डरले नियोजित रुपमा त्यस्तो गरेको समेत आरोप लगाएका थिए।
जे होस् कुनै अन्तराष्ट्रिय संस्थामा नेपालको प्रतिनिधित्व हुनु राम्रो कुरा हो। अध्यक्षज्यूलाइ सिए सरोकारको पनि बधाई तथा शुभकामना !
तश्वीर : गणेश राइको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्