Skip to content

दिल्लीका सीए बिद्यार्थी जाने भए काजीको जन्ती, हेर्ने होइन त कबड्डी कबड्डी ?

भारतको दिल्ली र दिल्ली को लक्ष्मीनगर ! सिए विद्यार्थीको वर्चस्व रहेको स्थान। करिव १५००० को हाराहारीमा नेपाली सिए विद्यार्थीहरु रहेको यहि स्थानमा नेपाली कथानक चलचित्र  ‘कबड्डी कबड्डी’ प्रदर्शन हुने भएको छ ।  नयाँ दिल्लीको हिन्दी भवनमा उक्त सिनेमा देखाईने तय भएको छ ।  डिसेम्बर १३ तारिखका दिन उक्त सिनेमा देखाईने उक्त चलचित्र ५ बजे र ७.३० गरी  दुई शोमा प्रदर्शन गरिने भएको छ ।  
लक्ष्मीनगरमा सिए विद्यार्थीहरु पढाईमा निकै नै व्यस्त रहने भएतापनि मनोरन्जनका लागि यो कार्यक्रम सहि माध्यम बन्ने विश्लेषण गरिएको  छ।  नयाँ  दिल्लीमा यस अघि पनि विभिन्न नेपाली सिनेमा देखाइसकिएको छ । 
यो चलचित्र दिल्लीसम्म  ल्याउनको लागि ‘हामी, हाम्रो लागि’ ले धेरै नै पापड बेल्नु परेको थियो । यस कार्यक्रमको लागि भने लक्ष्मीनगरमा रहेका हातेमालो नेपाली बिद्यार्थी समूह, नेपलिज स्टुडेन्ट हेल्पिङ्ग ह्यान्ड्स, सिए एन एस यु, जुनकिरी, वि फ्याईन्यान्स लगायतका संस्थाले पनि सहयोग गरिरहेका छन् । यसले पनि यो चलचित्र प्रदर्शनले  पक्कै पनि एकताको सन्देश दिने आशा गरिएको छ ।  
स्मरण रहोस यो चलचित्रले दुई दिनमा १,३०,००,००० को कारोबार गर्न सफल  रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्