Skip to content

हेल्पिङ ह्यान्ड्स द्वारा लत्ता कपडा वितरण कार्यक्रम सम्पन्न

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 

दिल्लीको लक्ष्मीनगर क्षेत्रमा क्रियाशिल सिए विद्यार्थीहरुको संगठन नेपाली स्टुडेन्टस हेल्पिङ ह्यान्ड्सले १३ डिसेम्बरमा लत्ता कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। भारतीय विद्यार्थीहरुको संस्था ‘शाहसी कदम सोसिएल वेल्फेएर’ सोसाईटीलाई साथमा लिएर हेल्पिङ ह्यान्ड्सले उक्त कार्य गुलाबी बाग र कस्मिरी गेट क्षेत्रमा सन्चालन गरेको हो। दिल्लीको गरीब गुरुवा समुदाय चिसो बढ्दै गरेको चिसो मौसममा सो क्षेत्रहरुमा दयनिए अवस्थामा पाइएपछी संस्थाले उक्त क्षेत्रहरु रोजेको संस्थाका उपाध्यक्ष अमित खत्रीले सिए सरोकरलाई जानकारी गराए । 

संस्थाकी सक्रिय सदस्य शुभी पोख्रेलले लत्ता कपडा वितरण कार्यक्रम सन्चालन गर्न पाएको खुशी साट्दै भनिन – ‘आज हामी धेरै खुशी छौ। हाम्रो सानो प्रयासले बृद्ध , बच्चा र घरपरिवार नभएकाहरुको मुहारमा खुशी छाएको छ। कश्मिरी गेट क्षेत्रमा शारीरिक अपाङ्गता भएका ब्यक्तीहरुले हामीले बाढेको कपडा पाएर बिशेष राहत महसुस गरेका छन्। सडकमा जाडोले कठ्याग्रिएर आफ्नो दिन-रात काट्न विवश रहेकाहरुलाई हामीले न्यानोपना बाढ्न पाएका छौ। यो पूण्य काममा सरिक हुन पाएकोमा आफुलाई भाग्यशाली महसुस गरेको छु ।’
संस्थाका अध्यक्ष मदन बस्नेतले क्लोथ डोनेशनका लागि गरेको तयारीका लागि सम्पूर्ण दाता र अरु साथीहरुलाई धन्यवाद दिदै करिब ९०० थान प्रयोगयोग्य कपडा जम्मा गरेको जानकारी सिए सरोकारलाइ दिए । दु:खीहरुको मुहारमा खुशी देख्न पाउनुमा नै आफ्नो संस्थाको सफलता रहेको बस्नेत को भनाइ छ ।
हेल्पिङ ह्यान्ड्सले यस खालको कार्यक्रम बेला बेलामा गर्दै आइरहेको छ


प्रतिक्रिया दिनुहोस्