Skip to content

सिपिटी र फाइनलको नतिजासँगै दिल्लीको सिए बजार तात्यो


आइसीएआई अन्तर्गतको सिपिटी र फाइनलको नतिजा सार्वजनिक भएपछि दिल्लीको सिए बजार तातेको छ । यसपालीको सिपिटीको नतिजालाइ विश्लेषण गर्ने हो भने नेपाली सिए इन्स्टिट्युटहरुको नतिजा समग्रमा राम्रो रह्यो। यसपालीदेखि आइसीएआइले सिपिटीमा र्याङ्कको घोषणा नगर्दा कतिपय सिए इन्स्टिट्युटहरुलाई आफ्नो बजार धान्न भने थोरै गाह्रो भएको छ ।  नेपाल र भारतमा रहेका नेपाली सिए इन्स्टिट्युटको नतिजा राम्रो देखिन्छ ।  

सिपिटीको नतिजालाई विश्लेषण गर्दा दिल्लीमा प्राइम सिएको नतिजा अब्बल छ ।  कुल ७५ % उत्तिर्ण नतिजा ल्याएको प्राइम सिए दिल्लीले २५ %  विद्यार्थी विशिष्ट श्रेणीमा उतिर्ण भएपछी लक्ष्मीनगरमा पप्राइम सिएको चर्चा चुलिएको छ । 


‘स्थापनाको छोटो समय अवधिमा नै दिल्लीजस्तो अन्तराष्ट्रिय स्तरको प्रतिस्प्रधात्मक बजारमा सर्वोत्तम नतिजा ल्याउन सफल भएकोमा हामी खुशी छौ ।’ सिए सरोकारसँग कुराकानी गर्दै प्राइम सिए दिल्लीका प्रबन्ध निर्देशक गोविन्द पोखरेलले भने । प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटी भन्छन्,‘ हाम्रो प्राइम सिएको यात्रा ३२ जनाबाट काठमान्डौबाट सुरु भएको थियो । करिब १० बर्षभन्दा लामो इतिहास बोकेर दिल्ली आयौं, दिल्ली पाइला टेक्दै आज दोश्रो वर्ष पुरा गरी तेस्रो वर्षमा लाग्यौं ।  तर आजको दिन जति खुसि र नतिजा देख्दा म त्यो दिन सम्झन्छु जुन दिन हामी केहि सपना बोकी दिल्ली आएको थियौं ।  वृक्ष जति सुकै ठुलो होस् तर त्यसको सुरुवात २ वटा पातबाट नै हुन्छ।  सफलता भन्ने कुरा हुन र गर्न सकिने रहेछ।  तर हामी कहाँ बाट हुर्कियौं त्योचाहिं  बिर्सिनु हुन्न। ‘ 

उता  जनकपुरका सुरज झुनझुनवाला आइसीएआइ  पटपर  भएको दावी गरिएको छ । उनको कुल १९५ अंक छ । यसपाली आइसीएआइले र्यांक होल्डर घोषणा नगरेपछि आफ्ना विद्यार्थी टपर भएको  दावी गर्ने क्रम अगाडी आएको हो । प्राइमरी र सेकेन्डरी तहको पढाई जनकपुरबाटै सिपिटी  अध्ययन गर्न भारत गएका सुरजले सिपिटी को पढाइ कठिन नभएको दावी गरे । सिए अध्ययन सकेर नेपाल फर्की काम गर्ने इक्षा जनाएका सुरज भारतमै रहेर आइपीसीसीको अध्ययन गर्ने बताउँछन्। 



उता नेपाली मूलका शिक्षक नगेन्द्र साहको यसएफएम विषय मा ७९ अंक ल्याउदै अन्सुमन गोयल नोवेम्बेर २०१५ को फाइनल चरणको परीक्षामा यसएफएम विषयमा दिल्लीकै सबैभन्दा धेरै अंक ल्याउन सफल भएका छन्।  मे २०१५ को परिक्षामा नगेन्द्र साहसंग पढेका आशिक आचार्यले ४९ र्याङ्क ल्याएका थिए भने  यसएफएम विषयमा ९१ ल्याई सो विषयमा भारत कै सबैभन्दा बढी अंक ल्याउन सफल भएका थिए । एनयस एकेडेमिको यसपालिको फाइनलको नतिजा पनि उत्साह जनक रह्यो ।

प्रतिक्रिया दिनुहोस्