
नेपालको सबैभन्दा जेठो सिए पढाउने संस्था सिएआइले आफ्नो स्थापनाकालको २०औं बर्ष पूरा गरेको छ । सन् १९९६ सालमा स्थापना भएको सीएआइले निरन्तररुपमा सिएका विभिन्न तहको अध्यापन गराउंदै आएको छ । सिएआइले नेपालमा पहिलो पटक सिएको पढाइ नेपालमा भित्र्याएको थियो । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय आइक्यानको स्थापना पूर्वनै स्थापित सीएआइले आफ्नो सफलताको २० बर्ष पूरा गरेको हो ।
यो बीचमा सिएआइले सयौंको संख्यामा सिएहरु उत्पादन गरिसकेको छ भने नेपालका प्राय पूराना सीएहरु सीएआइकै उत्पादन हुन् । अहिले पनि नेपाली बजारमा रहेका सिएहरुमध्येको राम्रो संख्या सिएआइमा पढेकाहरु छन् ।
अध्यापन क्षेत्रमा पनि सीएआइले नेपाली सिए क्षेत्रका लागि निकैनै ठुलो योगदान दिएको छ । हाल काठमाडौँका विभिन सिए इन्ष्टिच्युट संचालकहरुको ‘करियर प्लेटफर्म’ बन्न सफल सीएआइले थुप्रै सिए इन्स्टिच्युट संचालक समेत उत्पादन गरेको छ ।
सुरुमा सिए एलपी भानु शर्मा सहितको समुहले स्थापना गरेको सीएआइ पछी हरि कुमार सिलवाल लगायतले नेतृत्व गर्दै हाल सिए बाल चन्द्र श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।
२०औं बर्ष पार गरेको अवसरमा सिएआइलाइ हाम्रो पनि बधाई तथा शुभकामना।
प्रतिक्रिया दिनुहोस्