
याद
याद भन्ने चिज पनि अजिवको छ
घरि हमेसा साथ रहिदिन्छ
घरि चटक्कै छोडेर जान्छ
अनि, अनि जब बिल्कुल माया मारेर बस्छु
तब फेरी ढकढक गर्छ मेरो मनको ढोका
विन बुलाए मेहमान जसरी…
तिमि पनि त्यहि पुरानो याद जस्ती
हराएर गयौ, मन सम्हाली माया मारें
अहिले फेरी किन ढकढक गर्दैछ्यौ मेरो मनको ढोका
नखोलौं त यादहरुले बिजाइरहेछन
खोलौं त फेरी याद बनेर जान्छ्यौ कि भन्ने डर छ
म दोधारमा छु, हमेसा जस्तै
विचरा म…
अब
अब त समय पनि मेरो विवसतामा हाँसिरहेछ
नाच्दैछ मेरो निरीहपनको गितमा तालि पिट्दै
अनि, अनि उफ्रंदैछन लक्ष्मीनगरका भुसिया कुकुरहरु,
मलाई गिज्याउँदै …
घरि यहाँका भवनहरु,
घरि वर्षातको त्यो मेट्रोको पुल
त घरि ती पानिपुरिका ठेला
अनि ती ठेला घेरेर बसेका नाजुक सुन्दरीहरु
मलाई तिम्रो याद दिलाउँछन्
अनि हाँसछन् लडिबुडी खेल्दै,
उपहासको हाँसो…
अनि, अनि चल्छ भावनाहरुको लडाई मनको कुरुक्षत्रमा
मलाई बिचमा मिच्दै
म पेलिन्छु, पिसिन्छु, भित्र भित्रै तरल बनिन्छु
अनि म संगै थिचिन्छन ती यादहरुका भाग्नावसेस
तब झर्छन ती नुनिला यादहरु आँखाबाट तपतप…
फेरी ती आँसु कहलिन्छन
फेरी ती आँसु कहलिन्छन, मर्द कहलिएको मेरो आँखा रुझाउन थाल्छन
अन्ततः म तिनलाई बग्न दिन्छु
मर्द हुनुको धर्म छाडेर
तिम्लाई कल्पंदै …
तिम्लाई त खुब गर्व हुँदोहो
आफ्नो जितमा बाजा बजाउँदै, ताण्डव गर्दै हौली
आखिर जित त तिम्रै थियो
कहिल्यै नझर्ने गरि आँखामा राख्छु भन्दा बाजी राख्थ्यौ
’सक्दैनौ मलाई कैद गर्न’ भन्दै
तर आखिर झरी छाड्यौ आँसु बनेर
ऊँडी छाड्यौ याद बनेर
अनि जित्यौ तिम्ले आफ्नो बाजी
बधाई छ तिमिलाई…
अब फेरी विजय उत्सव सकेर किन गिज्याउँदै छ्यौ मलाई?
किन ढकढकाऊँछ्यौ मेरो मनको ढोका
बाँचेकै थें तिम्रो वियोगमा पनि
हाँसेकै थें आँसु लुकाएर पनि
फेरी किन कमजोर सावित गर्न खोज्दैछ्यौ मलाई?
किन खेल्दैछ्यौ मुसा विरालोको खेल एउटा बिलमा लुकेर
आखिर जित त सुनिस्चित नै छ
सदाझै जित्नेछ्यौ तिमि
जानेछौ अरुकै सहरमा सहनाई बजाउंदै
अनि फेरी म बाँच्न सिक्नेछु तिम्रो वियोगमा
ती छरिएका मुटुका टुक्रा बटुल्दै…
भयो भो
भयो भो जाउ फेरी तिमि त्यै याद बनेर
बिर्सिउंला तिम्लाई कुनै नराम्रो स्वोप्न सम्झेर
सिमित गरौंला तिम्लाई रक्सिका ती प्यालाहरुमा
चरेसका बुटाहरुमा, चुरोटका ठुटाहरुमा…
अनि, अनि दौडीऊँला आफ्नो दिलको लिगलिगकोट
बन्न आफ्नै संसारको मालिक
चुनिन आफ्नै मनको राजा
चुनिन आफ्नै मनको राजा ।।।।
विपिनबाबु घिमिरे (सरगम)
सिए आइपिसी
दिल्ली
प्रतिक्रिया दिनुहोस्