Skip to content

फलोअप : आइक्यान सेवामुखी संस्था की नाफामुखी ? आइटी तालिमको ‘रेट’ रातारात कसरी बढ्यो ?

यतिबेला आइक्यानले गर्नुपर्ने ४० घन्टे आइटि तालिम संचालन नगर्दा कतिपय विद्यार्थीहरु आउँदो जुन महिनाको परिक्षा दिनबाट बन्चित हुने खतरा बढेको छ भने कतिपयले क्याप थ्री उतिर्ण गरेर पनि सिए सदश्यता यहि कारणले लिन पाएका छैनन् ।  विद्यार्थीलाई यसरी समस्यामा पारेर आइक्यानले आइटो शुल्कमा भने ‘मनपरी’ गरेको छ ।   
आइक्यानले बिगतमा ४५ घन्टे तालिम संचालन गर्दा प्रति विद्यार्थी रु. ३,५००/- लिने गरेको थियो ।  तर आइक्यानले अहिले ४० घन्टे तालिमको शुल्क रु. ६,५००/-  निर्धारण गरेको छ । कोर्स कम, शिक्षक उही, समय केहि महिना मात्र फरक, अनि कसरी बढ्यो तालिमको दर, विद्यार्थीहरु अहिले अचम्ममा मात्र होइन आक्रोशमा पनि छन्। 
‘लिनैपर्ने तालिम भएकाले आइक्यानले विद्यार्थीमाथि अत्याचार गरेको छ । यसरी रातारात शुल्क बढाउनुको औचित्य के हो ? के आइक्यानको उदेश्य आफ्ना विद्यार्थीहरुलाई फजुल दु:ख दिने मात्र हो  ? ‘ एक विद्यार्थीले सिए सरोकार समक्ष गुनासो पोखे । उनी अगाडी भन्छन्, ‘अध्यक्षलाइ विदेशमा मस्ती गर्न र आइक्यानलाइ पाँचतारे होटलहरुमा ‘जाँडपार्टी’ गर्न पैसा अपुग भएजस्तो छ । त्यहि भार हामीलाई पारिरहेका छन्।  आइक्यान नाफामुलक संस्था हो भन्ने यसबाट पनि प्रमाणित गर्न खोजिएको छ।    

प्रतिक्रिया दिनुहोस्