Skip to content

इलेक्सन एक्प्रेस : एनाकासाको निर्वाचन सम्बन्धि आचारसंहिता र कार्यविधि पारित

नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी संगठन (एनकासा) को निर्वाचन यहि आउँदो वैशाख ११ गते हुने निर्वाचन सम्पन्न गर्नका निर्वाचन कार्यविधि र निर्वाचन आचारसंहिता पारित गरेको छ । आज बसेको निर्वाचन समितिको बैठकले उक्त कार्यविधि र आचारसंहिता पारित गरेको हो । 
निर्वाचनमा सहभागी हुने मतदाता विद्यार्थीहरुको नामावली आउँदो  शुक्रवार प्रकाशित हुने बताइएको छ ।निर्वाचनमा उमेद्वारी दिनका लागि उम्मेद्वारी शुल्क रु २००० तोकिएको छ  । एनकासाको कार्यकारी समितिका लागि हुने निर्वाचनमा क्याप थरीबाट  ४ जना रक्याप टुबाट २ जना निर्वाचित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्