Skip to content

भूकम्पले हामीबाट खोसेको सुरज र गौरव… हार्दिक श्रदान्जली !

गत बैशाख १२ गते आएको महाभूकम्पमा परी एक एसीसीए सदश्यको निधन भएको  थियो । एलडीएसएका पूर्व कर्मचारी समेत रहेका सुरज महर्जनको निधन भएको थियो ।  महर्जन केहि समय यता एलडीएसए एसोसीएट्समा कार्यरत थिए भने भूकम्प गएको दिनबाट केहि दिनपछी  आयरल्याण्ड जाने निश्चित भएपछी फर्मबाट बिदा भएका थिए ।

महा भूकम्पमा परी एक सिए बिधार्थीको समेत निधन भएको थियो । काठमाडौँ बालाजुनिवासी गौरव मानन्धरको भुकम्पमा परी निधन भएको  हो ।  मानन्धर सिमा एकेडेमिक्सका बिधार्थी थिए । 
सिए सरोकार समूह मृत आत्माको चिर शान्तिको कामना गर्दछ । 

प्रतिक्रिया दिनुहोस्