Skip to content

सिए पढ्दै गरेका तनहुँ घाँसीकुवाका लोमश मोडलिङमा क्षेत्रमा समेत अगाडि बढ्दै

चार्टड एकाउटेण्ट बन्ने उदेश्य लिएर उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरेका तनहुँ घाँसीकुवा कमलबारीका २० बर्षिय लोमश शर्मा अध्ययन सगसगै मोडलिङ क्षेत्रमा प्रवेश गरेका छन् ।
पुतली सडक स्थित सिएआईमा सिएको दोस्रो तहमा अध्ययन गरिरहेका  लोमशलाई म्यूजिक भिडियो निर्देशक आलोक शर्माले मोडलिङ क्षेत्रमा आउने अवसर प्रदान गरेका हुन् ।
“कलेजमा आयोजित कार्यक्रममा अतिथीका रुपमा आउनु भएका म्यूजिक भिडियो निर्देशक आलोक सर मेरो प्रस्तुती देखेर प्रभावित हुनुभएछ । ‘मेरो प्रस्तुतीबाट प्रभावित हुन भएका आलोक सरले मलाई म्यूजिक भिडियोमा खेल्ने अवसर प्रदान गर्नुभयो ।’ लोमशले भने ।
लोमश आफूले पहिलो पटक गायक तथा संगितकार भानुभक्त ढकालको ‘रात पनि नशामा दिन लागेछ ,वेहोशीमा हास्दा नि रिन लागेछ ‘ बोलको गीतमा अभिनय गरेको बताउँछन् । यो गीतमा लोमशलाई जस्मिन श्रेष्ठले साथ दिएकी छन् ।
तृबिक्रम पाण्डेको शब्द र न्हयू बज्राचार्यले संगित भरेको यो गीतमा लोमशले प्रेमी गुमाउँदाको पीडालाई अभिनय मार्फत प्रस्तुत गरेका छन् । आफू अभिनित म्यूजिक भिडियोले छोटो समयमा नै सयौं दर्शकको मन जितेको लोमश बताउँछन् ।
सिए पढ्दै गरेका लोमश अवसर पाए आगामी दिनमा समेत मोडलिङलाई निरन्तरता दिने समेत बताउँछन । मोडलिङमा पाइला चाल्न थालेका लोमशले सर्ट मूभि र्कमाण्यमा समेत अभिनय गरेका छन् । उक्त सर्ट मूभिमा लोमशले सन् २०१५ का मिस्टर नेपाल सन्दिप पोख्रेल सगै अभिनय गरेका छन् । -सेतीमादीडेलिमा खबर छ 

प्रतिक्रिया दिनुहोस्