
आइक्यानलाई तीनबर्षमा तिर्नुपर्ने शुल्ल्क झन्डै एक लाखको हाराहारीमा पर्छ । त्यस अतिरिक्त क्याप वान टु र थ्री को परिक्षा दिँदा प्रति बिषय १००० तुपैयाँको दरले पनि फर्म शुल्क सहित २० हजार हाराहारीमा पैसा लाग्छ । यस अतिरिक्त १२००० को हाराहारीमा आइटी शुल्क लाग्छ । यो सबै शुल्क जोड्दा १३२००० को हाराहारीमा आइक्यानलाई पैसा बुझाउनुपर्छ । आइक्यानले भनेको कुल ३५०००० मा आइक्यानलाई तिर्नुपर्ने शुल्क घटाउँदा कुल २१८००० बाँकी हुन्छ ।आइक्यानले भनेअनुसार बाँकी पैसा अब कोचिङ पढ्दा लाग्ने हो जुन २१८००० पर्दैन ।
काठमाडौँको सबैभन्दा महँगो कोचिङ सेन्टरमै पढेको खण्डमा पनि क्याप वानमा ६० हजार हाराहारी, क्याप टुमा ८० हजार हाराहारी गरी कुल १४०,००० हाराहारीमा शुल्क लाग्छ । त्यस अतिरिक्त क्याप थ्रीमा केहि बिषयको कक्षा लिंदा पनि केहि शुल्क लाग्छ । क्याप थ्रीमा विद्यार्थीले आर्टिकलशिप पर्ने गर्ने हुनाले यो रकमको बोझ कम हुन्छ । सामान्यतया: क्याप थ्रीमै कक्षा नलिने पनि हुन्छन् । यसबारे आइक्यानले केहि बोलेको छैन । आइक्यानले भनेजसरी ठ्याक्कै ३५०००० सिए पढ्न लाग्दैन ।
‘आइक्यानले यसरी कोचिङ कक्षालाई तिर्ने रकम सहित बिज्ञप्तिमा लेख्न मिल्छ ?’ भन्ने अर्को बहसको बिषय हो । आइक्यानले एक दुई पटक फेल भएको शुल्क पनि जोडेर लेख्यो कि भन्ने हो भने पनि नीतिगत रुपमा आइक्यानले त्यसो गर्न नमिल्ने सरोकारवालाहरुको भनाइ छ ।
अनि कसरी लाग्यो त सिए पढ्न ३५००००? यसको जवाफ आइक्यानले दिएको छैन ।
आइक्यानले प्रेस बिज्ञप्तिमा आर्टिकलशिप गर्दा आउने रकमको हिसाव गरेको छैन भने विभिन्न इन्स्टिच्युट र आइक्यान स्वयम् ले प्रदान गर्ने छात्रवृतिको बारेमा समेत केहि बोलेको छैन ।
आइक्यानको विद्यार्थीलाई भ्रममा राख्ने यस्तो कदम अहिले बजारमा विवादित बनीरहेको छ ।
प्रतिक्रिया दिनुहोस्