पछिल्लो समय सिए कहाँ पढ्ने भन्ने विषयकाबीच सम्बन्धन प्राप्त गरेका र प्राप्त नगरेका इन्स्टिच्युटहरु बीच भिन्नता के ? भन्ने प्रश्न विद्यार्थीहरुलाई दोधारमा पारिरहेको भन्ने खबर छ। कतिपय सम्बन्धन प्राप्त इन्स्टिच्युटहरले सम्बन्धनको अपव्याख्या समेत गरिरहेको खबर छ भने कस्ता इन्स्टिच्युटलाई सम्बन्धन दिईएको छ भन्ने कुराको विश्लेषण पनि हुन थालेको छ । सम्बन्धन लिएर राम्रो गरिरहेका सीएआइ , सीसीएमए चैतन्य जस्ता इन्स्टिच्युटहरु बजारमा राम्रोसँग संचालन भईरहेका बेला सम्बन्धन लिएका तर गलत काम गर्ने केहि सिए इन्स्टिच्युटहरुबारे बजार मौन बस्दा बिधार्थीहरु मर्कामा पर्ने देखिएको छ । यसो त आइक्यानले पत्रिकामा सुचानानै छापेर सम्बन्धन प्राप्त संस्थामा मात्र बह्रना हुनु भनेको छ ।
सम्बन्धन भनेको के हो ? आईक्यानमा निश्चित रकम तिरेपछी सिए इन्स्टिच्युटहरु सम्बन्धनको घेरामा पर्छन् । यसका लागि इन्स्टिच्युटको भौतिक अवस्था, इन्स्टिच्युटको ईतिहास लगायत केहिले पनि फरक पार्दैन। सम्बन्धन लिएर पनि आईक्यानले केहि नगरेको गुनासो सम्बन्धन लिएका इन्स्टिच्युट प्रतिनिधिहरुले नै गुनासो पोखिरहेका छन्। यसैबीच सम्बन्धनका नाममा भर्ना भएका विद्यार्थीहरुलाई भोलिका दिनमा कसले जिम्मेवारी लिने भन्ने प्रश्न पनि उठेको छ।
सम्बन्धनका नाममा गलत काउन्सिलिङ : सम्बन्धन प्राप्त इन्स्टिच्युटहरुले कतिपय विधार्थीहरुलाई गलत परामर्श दिईरहेको बुझिएको छ । सम्बन्धन प्राप्त इन्स्टिच्युटमा भर्ना गर्ने विधार्थीको सम्पूर्ण जिम्मा आईक्यानले लिन्छ भन्ने दुबिधात्मक परामर्श भईरहेको विद्यार्थीहरुले बताएका छन्। तर कस्तो जिम्मा वा के जिम्मा भन्ने बारे भने न विद्यार्थीलाई थाहा छ न परामर्श दिनेलाई नै थाहा छ।
बढी बिबादमा आउने इन्स्टिच्युट पनि सम्बन्धन प्राप्त भित्रकै : हुन त सम्बन्धन लिएर राम्रोसंग संचालन भईरहेका इन्स्टिच्युटहरु पनि छन्। पुतलीसडकस्थित सीएआई र सीसीएमए कलेज, नयाँ बानेश्वरस्थित एसबिबिआर, मोफसलका ईआइए र गत वर्ष मात्र खोलिएको चैतन्य सिए सम्बन्धन लिएर विधार्थीका पक्षमा राम्रै गरिरहेका इन्स्टिच्युटहरु हुन्। यद्यपी बारम्बार बिबादमा आइरहने सिए इन्स्टिच्युट पनि सम्बन्धन प्राप्त भित्रकै छन्। हुँदै नभएको आफ्नो विधार्थी पास भएकोमा बधाई भनी शुभकामना छापेर बिबादमा आएको पुतलीसडकस्थित, सिमा एकेडेमिक्स पनि सम्बन्धन प्राप्त इन्स्टिच्युट मध्येकै एक हो। संचारकर्मी माथि दुर्ब्यबहार गरेर समेत पटक पटक बिबादमा आइरहेको सिमा एकेडेमिक्सलाई नेपालको सम्बन्धन लिएर भारतीय बोर्डलाई प्राथमिकता दिएको आरोप पनि बेलाबेलामा लाग्दै आएको छ।
सम्बन्धन लिएका कतिपय भूमिका बिहिन : आईक्यानमा सम्बन्धन लिएका कति पय इन्स्टिच्युटहरु भूमिका बिहिन छन्। आईक्यानबाट सम्बन्धन लिएका १५ बढी सिए इन्स्टिच्युटहरुमध्ये कतिको नाम समेत सुनिएको छैन भने कति बन्द हुने अवस्थामा छन्। कति पय इन्स्टिच्युटहरुले पहिला सम्बन्धन लिएर पनि पछी नवीकरण नगरी बसेका छन् भने भर्खरै सम्बन्धन लिएका केहि सिए इन्स्टिच्युटहरुलाई पुरानो नाम परवर्तन गरेर सम्बन्धन लिएको र बिगतमा उक्त सिए इन्स्टिच्युट पटक पटक बिबादमा आएको भन्ने आरोप पनि लाग्दै आएको छ।
अब्बल सिए इन्स्टिच्युटको सम्बन्धन छैन : नेपाली सिए बजारमा सबैभन्दा बढी आईक्यानका विधार्थीहरुलाइ अध्यापन गराउने नयाँ बानेश्वर स्थित प्राइम सिए सम्बन्धन नभएरै पनि अब्बल ठहरिएको छ। आईक्यानले गत साता गरेको सिए करियर एक्स्पोमा पनि प्राईम सिए सहभागी नभएकै कारण बिधार्थीको ‘फ्लो’ कम भएको सम्बन्धन प्राप्त सिए इन्स्टिच्युटहरुकै भनाई थियो। यता पछिल्लो समय ‘बिग फो’ मा इन्ट्री गरेको एओसी पनि सम्बन्धन नलिएर नै बजारमा उत्कृस्ट ठहरी रहेको छ।
प्रतिक्रिया दिनुहोस्