Skip to content

मरुभूमिमा खेती, सिए विद्यार्थी सन्जीब राज पाठकको लेख

मान्छे यस समाजमा जन्मन्छ, हुर्कन्छ र यहि समाजमा
आफ्नो देह त्याग गर्न चाहन्छ। यो सर्बब्यापी
नियम हो, बिकासको युग र आधुनिकताले जतिसुकै
चमत्कार गरेतापनि तथा मान्छेले चाहेर पनि यो नियमलाई तोड्न सक्दैन। 
यस समाजमा जन्मेदेखि नै मानिस अनेकौं जन्जिरले सुरुदेखि नै
बाँधिएको हुन्छ
 बाचुन्जेल मिठो मसिनो खाने, राम्रो लाउने, समाजमा आफ्नो
प्रतिष्ठा देखाउन सबै इच्छुक नै हुन्छन
, तर चाहेर पनि सबैले यसलाई
खुशी
साथ पुरा गर्न सक्दैनन।

समाज बिकासका कुरामा जतिसुकै अघि बढेतापनि मानसिक सोच र
विचार परिवर्तन हुन अलि गाह्रो हुदों रहेछ
 समाजमा बिधमान दाइजो मोह,
अनेकौं अन्धविश्वास र रुढीबादी परम्परा अझैसम्म पूर्णरुपले हट्न सकेको छैन
 अझैसम्म धामी झाक्रीमा
बिश्वास गरिदैछ त बोक्शी आरोपमा कयौं नारीहरु शारीरिक
एवं सामाजिक यातना खेपि रहेछन। नयाँ खोज, बिज्ञान र आविस्कारले धुम मच्चाउदा यता मानिसका
असिमित माग एवं चाहनाहरु दिनानुदिन बढिरहेछन
 ति असिमित मागहरु
परिपूर्ति गर्नका लागि आखिर पैसा कै जरुरि रहेछ

देशमा रोजगारीको अभाव, कालोबजारीको मौलता, राजनैतिक बित्रिस्णा, वैदेशिक रोजगारीको लहर एवं उचित परामर्शको अभावले मानिसहरु आफ्ना असिमित मागहरु परिपूर्तिका लागि विदेशतिर
पलायन भइरहेका छन
केहि शिक्षित एवं दक्ष जनशक्ति युरोप, अमेरिका र
अस्ट्रेलियातिर पलायन भइरहेका छन् त बाँकि युवा शक्तिहरु खाडी मूलुकतिर धाईरहेका छन
 आफ्नो घर, परिवार,
इस्टमित्र, समाज र देश छोड्ने मन प्राय कमैलाई हुन्छ तर बिडम्बना अनेकौं चुनौती,
ऋणको भारी, परिवारको वर्तमान इच्छापूर्ति र भाबी पिंढीको उज्वल भविष्यको लागि विदेसिनु हामी नेपालीहरुको बाध्यता भइरहेछ

सामाजिक लहर यस्तो छ कि यहाँ देशमा व्यवसाय तथा व्यथा
बिरामी पर्दा ऋण पाइदैन
 उचित राय सल्लाह र परामर्श
दिनुको साटो अनेकौं आलोचनाको कटु पात्र भईन्छ, तर विदेशिनको लागि यहाँ ऋण खोजिरहनु
पर्दैन
घरकै द्वारमा केहि परे भन्नोस भन्ने मान्छेहरु पाइन्छ, यो
कसैको दोष होइन केवल सामाजिक लहर न हो
स्वर्ग जस्तो नेपालको हावापानी, आपसी सद्भाव एवं भाइचाराको
मनोभाव, आफ्नो मौलिक रितितिथि, घरपरिवारको मायालाई कुण्ठित गर्दै विदेशतिर गईन्छ
 पक्कै पनि त्यो ठाउं त्यति
सजिलो छैन, जहाँ पैसाका बोटहरु रोपिएका होलान
 आफ्नो जन्म भूमि,
पितृस्नेह, मातृस्नेह,
एवं भातृ स्नेहका बीजहरु पक्कै
रोपिएका छैनन होला, छन् त केवल उराठलाग्दो मरुभूमि र पैसामा श्रमका आहारा खोज्ने
मानवरुपी अजिंगरहरु

त्यस्ता व्यक्ति कमै होलान जो एयर कन्डिसन युक्त वातावरणमा काम गर्दै उचित पारिश्रमिक पाइरहेका छनबहुसंख्य साथीभाई
टन्टलापुर घाम र उच्चतम तापक्रमको सिकार भइरहेछन
कयौं दिदीबहिनीहरु घरेलु
हिँसा र मानसिक दवाबको चपेटामा परिरहेछन्
 न हातमा पासपोर्ट, न त
उचित पारिश्रमिक
 जब समय र परिस्थिति आफ्नो सोच प्रतिकुल हुन्छ, तब
डिप्रेसनको  महामारी मानव मस्तिष्कमा हाबी
हुनु कुनै नौलो कुरो होइन
 यता परिवारमा चिन्ता, उता
विदेशिनेलाई चिन्ता
 एकपटक पाउने मानव चोलामा
यस्तो चिन्ता हुनु दयनीय कुरा हो

जेनतेन धेरै थोरै पैसा त मिल्छ अनि पैसा घर पठाइन्छ उच्चतम ब्याजदरमा लिएको ऋण तिर्नको लागि हिजो गाउँमा बस्ने श्रीमती शहरतिर आउन खोज्छे स्कुल पढ्ने छोराछोरीलाई
बोर्डिंग स्कुल पढाउन मन लाग्छ
गाउँमा बारीमा फलेको
रायोको साग खाने परिवार अब किनेको दाल र तरकारी खानुपर्ने हुन्छ
 हिजोसम्म सामान्य नोकियाको
मोबाइल बोक्ने श्रीमती अब आई-फोन र आई-प्याड किन्न खोज्छे
 प्राकृतिक सुन्दरताले
स्फटिक स्त्री अब ब्युटीपार्लर धाउन थाल्छे
 महिनाभरि ज्यान जोखिममा राखी
कमाएको पैसा दैनिक उपभोग
मा सकिन्छ, यता बचत हुन्छ शुन्य

यता उर्बरयुक्त भूमिहरु बाँझो नै छ कृषि प्रधान मूलुक नेपाल
दैनिक उपभोगका सामाग्रीहरु आयात गरिरहेछ
उता श्रमजीवी युवाहरु कम
पारिश्रमिकमा विदेश पलायन भैरहेका छन
 सरकार जनशंखिए फाईदा लिन सकिरहेको छैन युरोप, अमेरिका पलायन भएकाहरु देशको हालत खराब छ भन्दै फर्कन मानिरहेका छैनन भने खाडी मूलुक गएकाहरु
सकुन्जेल बिदेशमा काम गर्छन, जब श्रम शक्ति ह्राश हुन्छ तब देश फर्कन्छन

यसरुपले देशको आर्थिक बृद्धिदर तुलनात्मक रुपमा कमजोर भइरहेको छ हाम्रो जनसांखिकिय फाईदा
लिंदै अरु देशहरु झन् झन् विकशित भइरहेका छन
 सरकार भन्छ, हाम्रो आर्थिक
बृदीदर र जी.डी.पि.
 सकारात्मक छ। आखिर दर्शन र भाषणले मात्र देश बन्दो रहेनछ। देश बनाउनको लागि सबैको साथ
जरुरी रहेछ
। तसर्थ, कृषि प्रधान मुलुक  नेपालमा कृषिलाई विशेष प्राथमिकता
दिदैं, देशमा बढी रहेको युवाशक्ति पलायनको लहरलाई रोक्नु, देशमा उधमशिलताको विकास
गर्नु र उचित परामर्श दिनुनै आजको मुलभूत आवश्यकता हो
अन्यथा, रेमिट्यान्स  र ब्लड मनीको भरमा चलेको हाम्रो अर्थव्यवस्था र बढेको जी.डी.पि. भावि पिंढीका लागी
मरुभूमिमा गरेको खेती झैँ नहोला भन्न सकिन्न्
सन्जीब राज पाठक                                                      
नुवाकोट, नेपाल
सी.ए. फाइनल
हाल, नयाँ दिल्ली

प्रतिक्रिया दिनुहोस्