
काठमाडौँ । ३ वर्षदेखि महालेखा परीक्षकको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आइरहेका भानुप्रसाद आचार्यले आफ्नो पदबाट राजीनामा दिने भएका छन् । सरकारलाई सो पदपूर्तिका लागि सहज बनाउन आचार्यको १५ दिन अगावै राजीनामा दिन लागेका हुन् ।
आचार्यको पदावधि ६५ वर्षे उमेर हदका कारण यही २०७३ असार २४ गते सकिदैछ । संवैधानिक व्यवस्था अनुसार, आचार्यले २०७३ असार ८ गते राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी गरेको बुझिएको छ । राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको भोलिपल्ट २०७३ असार ९ गतेबाटै आचार्य बिदा बस्दैछन् ।
एउटा संवेदनशील संवैधानिक निकायको प्रमुख लामो समय खाली रहँदा दैनिक काम कारबाही र सुधारका पक्षहरुको गतिमा अवरोध पुग्ने भएकाले महालेखा परीक्षक आचार्यले उक्त पदपूर्तिका लागि सरकारलाई सहज बनाउन पदावधि सकिनु अगावै राजीनामा दिन लागेको बताइन्छ । यो सँगै आचार्य पदावधि नसकिदै राजीनामा दिएर मार्ग प्रशस्त गर्ने पहिलो संवैधानिक निकाय प्रमुख भएका छन् ।
झन्डै ४ दशकभन्दा बढी समय निजामती सेवामा बिताएर देश र राष्ट्रको सेवामा योगदान पु¥याएका निष्कलंक व्यक्तित्वका धनी आचार्य मूल्य र निष्ठामा नडग्मगाई काम गर्ने प्रशासकका रुपमा चिनिन्छन् । सबै राजनीतिक दलका प्रिय व्यक्तित्व महालेखा परीक्षक भानु आचार्य रिक्त रहेको भारतका लागि नेपाली राजदूत बन्ने चर्चामा पनि छन् । साँघु साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्