Skip to content

हातेमालोद्वारा एक्यान अध्यक्षसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

ऋषिराम अधिकारी 
दिल्ली ब्यूरो 
हातेमालो नेपाली विद्यार्थी समूहले नयाँ दिल्लीको लक्ष्मीनगर स्थित प्राईम सीएको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  हिजो आइतबार एक्यान अध्यक्ष हरी कुमार सिलवालको विशेष उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो।  हातेमालो नेपाली विद्यार्थी समूहका अध्यक्ष सुनिल बुढाथोकीको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा सीए अध्ययन गरिरहेका र नेपाली सीएहरुको उपस्थिति रहेको थियो।  

नेपालमा सीएको वर्तमान परिस्थिति र अवसरको बारेमा चर्चा गर्न सञ्चालित उक्त कार्यक्रममा उपस्थित सीए विद्यार्थीहरुलाई हरि कुमार सिलवालले नेपालको सीए क्षेत्रको उजागर गरेका थिए। कार्यक्रममा बोल्दै उनले आफ्नो सीए अध्यनका क्रममा भोगेका अनुभवहरु विद्यार्थी माझ साटेका थिए।  ऊनि भन्छन्-“नेपालमा ११०० को हाराहारीमा सीएहरु छन् र ति मध्य करीव ७०० मात्र नेपालमा विभिन्न क्षेत्रमा कार्यरत छन् अनि बाकी बाहिरी मुलुकमा आफ्नो जीविका चलाईरहेका छन्। आईसीएआई अन्तर्गत सीए उत्तीर्ण भएकाहरु संग ३ ओटा बिकल्प हुन्छन्।  एक भारत मै बसी काम गर्ने, २ नेपालमा गएर काम गर्ने र ३ तेश्रो देशमा गई काम गर्ने। यि तीन विकल्प मध्य आफुले के गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुराहरु हुन्।”
कार्यक्रममा उपस्थितमाझ उनले व्यक्तित्व विकासका साथ-साथै सीए अध्ययनका क्रममा आउने अफ्ठ्यारा स्थितको बारेमामा पनि चर्चा गरेका थिए। सीए सरोकारसंग कुराकानी गर्दै उक्त कार्यक्रममा सहभागी नारायण श्रेष्ठ भन्छन-“यस्तो खालको कार्यक्रमले अध्ययनका क्रममा थप ऊर्जा मिल्ने र नेपालको सीए क्षेत्रको वास्तविक कुराहरु बुझ्न पाउने हुँदा विद्यार्थीलाई यस्तो कार्यक्रमको निरन्त्रताको आवश्यकता रहेको छ। “
उक्त अन्तरक्रिया कार्यक्रमको सहकार्य हातेमालो विद्यार्थी समुहका केन्द्रीय सदस्य मनिष थपलियाले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव सरोज सापकोटाले गरेका थिए। गत साताको आर्थिक गोष्ठी र एक पछि अर्को कार्यक्रम गरेकोमा विद्यार्थीहरुबाट सकारात्मक प्रतिक्रया आएको र आउदा दिनहरुमा अझ प्रभावकारी ढङ्गले अघि बढ्दै जाने भन्दै संस्थाका अध्यक्ष सुनील बुढाथोकीले अग्रजहरुको भूमिकालाई स्मरण गर्दै कार्यक्रमको समापन गरेका थिए। 
हातेमालो नेपाली विद्यार्थी समुहले यस्ता खालको कार्यक्रमहरु समय-समयमा गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्