ऋषिराम अधिकारी
दिल्ली ब्यूरो

नयाँ दिल्लीको सीए नगरी लक्ष्मीनगरमा रही सीए अध्ययन गरिरहेका साहित्यिक तथा क्रियाशील विद्यार्थीहरुको अनौपचारिक समूह “फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर” अर्थात् “फोकल” को यस जुलाई महिनाको मासिक भेला कार्यक्रम यही जुलाईको तेश्रो आइतबार १७ जुलाई २०१६ मा सफलताका साथ सम्पन्न भएको छ। प्राइम सी.ए.को हलमा सम्पन्न गरिएको उक्त मासिक भेला भानुभक्त जयन्ती विशेष गराइएको थियो। कार्यक्रममा साहित्य र कलाका विभिन्न क्षेत्रहरुमा अभिन्न रुची राख्ने सी.ए. विद्यार्थीहरुबाट गायन कला, साथै गीत, गजल, कविता, प्रस्तुत भएको थियो। सहभागीहरुले रचनाबाटै भानुभक्तलाई सम्झिएका थिए। सबै सहभागीहरुको प्रस्तुति सशक्त र प्रशंसनीय रहेको थियो।
विमर्श खण्ड अन्तर्गत सहभागीहरुले आदिकवि भानुभक्तकै चर्चा परिचर्चा गरेका थिए। कार्यक्रमको अन्तिम खण्ड पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले आफूसंग भएका कला र साहित्य सम्बन्धि पुस्तक आदान–प्रदान गरेका थिए।
अन्त्यमा अगामी मै महिनाको मासिक भेला अगस्त महिनाको तेश्रो आइतबार, २१ अगस्त, २०१६ मा प्राइम सि.ए.कै आँगनमा साँझ ६ः०० बजेदेखि हुने निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा नयाँ सहभागीहरुको उल्लेखनीय उपस्थिति देख्दा निकै हर्षित भएको र यस्तै उपस्थिति तथा मायाको आशा अगामी दिनहरुमा नि राखेको आयोजकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्