
आइसीएआइ अन्तर्गत सिएको पहिलो तहको गत जुन महिनामा लिइएको परीक्षाको केहि दिन अगाडी प्रकाशित नतिजामा नेपालबाट परिक्षा दिनेहरुको उत्कृष्ट नतिजा आएको छ । नेपालबाट परिक्षा दिएकाहरुमध्ये ६० % भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् ।
यता नेपालबाट प्राइम सिएका विद्यार्थी अनुप देवकोटाले १८७ (९३.५%) ल्याउन सफल भएका छन् । उनको यो नतिजा नेपालबाट परिक्षा दिनेहरुमध्ये सबैभन्दा बढी हो । यसपाली आइसीएआइले संचालन गरेको सीपीटिमा भारतभरमै प्रथम हुनेको १९४ अंक छ । यसअघि प्राइमका अनुपनै आइसीएआइ प्रथम भएको अनुमान गरिएको थियो ।
साथै प्राइमको समग्र नतिजा उत्कृष्ट छ । बिगतदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको प्राइम सिएले स्थापना काल देखिनै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
‘अनुप देवकोटा नै भारत भरकै प्रथम भएको अनुमान गरिएको थियो । यद्यपी हाम्रो समग्र नतिजाले हामीलाई थप उल्लास दिएको छ । सिएको परीक्षाको नतिजामा उत्कृष्टतालाई निरन्तरता दिन सकेकोमा हामी निकै खुसी छौं । विद्यार्थी तथा अविभावकको हामीप्रतिको विश्वासलाइ कायम राख्न सकेकोमा हामी खुसी छौं ।’ सिए सरोकारका दिल्ली सम्बाददाता ऋषि राम अधिकारीसंग कुराकानी गर्दै प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटीले भने ।
प्राइमको भारतस्थित साखाको नतिजा पनि उत्कृष्ट छ । भारतमा रहेर पनि नेपालीले संचालन गरेको सिए इन्स्टिच्युट प्राइमको नतिजाले समग्र दिल्लीको सिए बजारमा नै नयाँ छाप छोडेको प्राइम सिए दिल्लीका संयोजक गोबिन्द पोखरेलले बताएका छन् ।
यता सीपीटिको परिक्षामा आफ्नो विद्यार्थीले आइसीएआइ टप गरेको सिए इन्स्टिच्युट एओसीको समग्र नतिजा पनि राम्रो छ । एओसीबाट ९० % भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् । उक्त सीए इन्स्टिच्युटबाट गणेश भट्टराईले ९० % अंक ल्याउन सफल भएका छन् । ‘हामी हाम्रो नतिजा बाट निकै खुसी छौं । आइसीआइले सीपीटिमा र्यांक घोषणा गर्ने कार्यको अन्त्य गरेको छ । घोषणा भएको खण्डमा हाम्रो यसपाली पनि केहि र्यांक अवश्य आउँथ्यो। ‘ एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डेले सिए सरोकारलाइ बताए ।
यस अलावा सीसीएमए, सीएआइ, र सीमाको नतिजा पनि राम्रै छ । सीमामा सबैभन्दा बढी अंक एक विद्यार्थीले ८२.५ प्रतिशत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्