- सीए सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान ) अन्तर्गत सिएको दोश्रो तह क्याप टु उतिर्ण गरेकालाई नेपाल बंगलादेश बैंकले ३ लाखसम्म सर्टिफिकेट धितो राखेर कर्जा दिने भएको छ । आइक्यान र एनबी बैंक बीच बुधबार हुने सम्झौता अनुसार क्याप टु सकेर क्याप थ्रीमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो क्याप टु को सर्टिफिकेट धितो राखेर ३ लाखसम्म ऋण पाउने भएका छन् ।
‘क्याप टु सकेर क्याप थ्री अध्ययन गरिरहेका विद्यार्थीहरुले क्याप टु को सर्टिफिकेट धितो राखेर शैक्षिक कर्जा लिन सक्नेछन् । हामीले अहिले ३ लाखसम्म कर्जा दिने सम्झौता गर्न लागेका छौं । ‘ नेपाल बंगलादेश बैंकका प्रमुख बित्त अधिकृत सिए सुरेश देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार बैंकबाट क्याप टुको सर्टिफिकेट धितोमा राखी ३ लाखसम्म ऋण लिन सकिनेछ । तीन लाख ऋण लिंदा १० प्रतिशत र त्यहाँभन्दा कम ऋण लिए ९ प्रतिशत ब्याज लाग्ने उनले जानकारी दिए । ऋण ५ बर्षका लागि हुनेछा भने ऋण लिनका लागि आइक्यानको सिफारिस पत्र, नागरिकता, बायोडाटा र क्याप टु पास गरेको सक्कली प्रमाणपत्र आइक्यानमा बुझाउनु पर्नेछ ।
उनका अनुसार बैंकको इमाडोलस्थित साखा कार्यालयबाट कर्जा लिने प्रक्रिया अगाडी बढाईनेछ ।

प्रतिक्रिया दिनुहोस्