Skip to content

एओसीको इतिहास रच्ने क्रम जारी, आइपीसीसीमा यस्तो लोभलाग्दो नतिजा !


  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – आइसीएआइ अन्तर्गत भारतभरका विद्यार्थीहरुलाई समेत उछिनेर आइसीएआइ टप गर्न सफल इन्ष्टिच्युट एकेडेमी अफ कमर्शले एकपछी अर्को उत्साहजनक नतिजा ल्याईरहेको छ । त्यसैलाई निरन्तरता दिंदै एओसीले यसपालीको आइपीसीसीको नतिजामा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । आइपीसीसीको समग्र नतिजा आइसीएआइमै कमजोर भएपनि एओसीमा कोचिङ पढेकाहरुको नतिजा उत्साहजनक छ । 
एओसीबाट २ जनाको र्यांक आएको छ । र्यांकमात्र होइन, एओसीमा पढेर परिक्षा दिएका २८ जनाले आइपीसीसी अन्तर्गतका दुवै समूह उतिर्ण गरेका छन् भने ५० विद्यार्थीहरुले एक ग्रुप उतिर्ण वा एक्जम्सन पाएका छन् ।  यो नतिजा नेपालको सिए इन्स्टिच्युट क्षेत्रमा पछिल्लो समय आएको निकैनै उत्कृष्ट नतिजा हो ।
यसै क्रममा विद्यार्थीहरुको नतिजाबाट आफु उत्साहित भएको बताउँदै एकेडेमी अफ कमर्शका प्रबन्ध निर्देशक दीपक पाण्डेले आफु र आफ्नो टिम विद्यार्थीहरुको यो नतिजाबाट निकै खुसी भएको बताएका छन् । ‘इतिहास रच्नु आफैंमा गर्वको कुरा हो । तर इतिहासलाइ निरन्तरता दिनु भने अर्को चुनौतीपूर्ण काम हो । हामीले त्यो चुनौती पार गरिरहेका छौं । र यसैमा गर्व गर्छौं ।’ प्रबन्ध निर्देशक पाण्डेले सिए सरोकारलाइ बताए ।
यस्तो छ नतिजा :

प्रतिक्रिया दिनुहोस्