
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – बेलाबेलामा आइक्यानको वेव साइट डाउन भइरहेको छ । एक दिन होइन, दुइ दिन होइन पटक पटक यस्तो भइरहेको छ । आइक्यानको वेव साइट डाउन हुनुको कारण अरु होइन, आइक्यानले प्राविधिक काम दिएको कम्पनीका डेभलोपरलाई इन्डेक्स पेजलाई समायोजन गर्न नआएर हो भने रोड ब्लक एडलाई वेवसाइटमा व्यवस्थापन गर्न नजान्नु हो ।
सिए सरोकार डटकमको प्राविधिक समुहले दिएको जानकारी अनुसार आइक्यानको वेव साइटमा रोड ब्लक एड हालेको मिलेको छैन । वेव साइट खुल्ने बितिकै ठुलो विज्ञापन वा अन्य केहि मुख्य पेज वा ‘लेन्डीङ पेज’ देखिनुलाई विज्ञापन भए रोड ब्लक एड, अरु सुचना भए ‘लेन्डीङ पेज डिस्प्ले’ भनिने गरिन्छ । २ मिनेटमा सामान्य डेवलोपरले गर्न सक्ने यो काम समेत गर्न नसक्ने कम्पनीलाई काम दिएर आइक्यानले आफ्नो बेईज्जात आफैं गरिरहेको छ । मेन पेज नखुल्नु तर गुगलबाट सिधै अरु पेज खुल्नु भनेकै मुख्य पेजमा मात्र समस्या हुनु हो ।
आइक्यानको वेवसाइट सम्बन्धि काम ग्लोबल आइटी नामक कम्पनीले गरिरहेको छ । स्मरण रहोस् तत्कालीन आइक्यानका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठले घुस खाएर यो कम्पनीलाई टेन्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । बिगत लामो समयदेखि आइक्यानमा मनपरी राज गरिरहेको यो कम्पनीको रैबैयामाथि आइक्यानले कुनैपनि एक्सन् लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्