
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – नियम विपरित अडिट गर्ने ६ जना सिएलाई कारवाहीका लागि महालेखा परीक्षकको कार्यालयबाट निर्देशन आएदेखि नै बजार तातेका बेला महालेखा परीक्षकको कार्यालयमा कारवाहीको निर्देशन सहित थप ११ जना सिएको लिष्ट आउन लागेको बुझिएको छ । कार्यालयको विशेष स्रोतले दिएको जानकारी अनुसार आइक्यानका पूर्व अध्यक्षले चलाएकोसहितका सिए फर्महरुलाई कारवाही गर्न आइक्यानबाट सिएहरुको अर्को लिष्ट आउन लागेको छ ।
यो लिष्टमा पनि केहि पूराना सिएहरु रहेको बुझिएको छ । अन्तराष्ट्रिय सम्बन्धन लिएका सिए फर्मदेखि आइक्यानको पार्षद भएर काम गरेकाहरुको सिए फर्म सम्म अर्को लिष्टमा परेको बुझिएको छ । ‘लिष्ट तयार भएको छ । उजुरीहरु आउने क्रमपनि जारी छ । हामी पत्र काट्ने तयारी गरिरहेका छौं । पत्र नकाट्न चरम दवावपनि आइरहेको छ ।’ कार्यालय स्रोतले सिए सरोकार डटकमसँग भन्यो ।
प्रतिक्रिया दिनुहोस्