
काठमाडौँ- नेपाली कांग्रेसले आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थप १० उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले थप उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।
त्यस्तै गुल्मी १ बाट चन्द्र भण्डारी र २ मा चन्द्रबहादुर केसी, तेह्रथुममा सीता गुरुङ्ग, मकवानपुर २ मा डीना उपाध्याय, काठमाडौं ३ मा अम्बिका बस्नेत, अर्घाखाँची १ मा डा.रामबहादुर बी.सी र पाल्पा क्षेत्र नं १ मा विजयराज घिमिरे र २ मा हरिप्रसाद नेपाललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय भएको केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्