
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)मा हुँदा आफ्नो कार्यकाल सर्वाधिक लोकप्रिय र सफल बनाएका अमृत गिरी यसपाली नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) मा कार्यकारी समितिको सदस्यमा उठेका छन् । विद्यार्थीको नेता भएर अधिकांसको मन जितेका र एनकासालाई नयाँ उचाईंमा पुर्याएका उनी अव एक्यानमा रहेर पनि ‘दमदार’ काम गर्ने भन्दै कार्यकारी समितिको सदस्यमा उठ्न लागेका हुन् ।
गिरीकै कार्यकालमा उनले एक व्यक्ति एक पेशाको नीति पर सार्न नहुने भन्दै त्यसको ठुलो विरोध गरेका थिए । त्यतिबेला देखि नै उनको नेतृत्व क्षमताको ठुलै प्रशंसा नेपाली सिए क्षेत्रमा हुने गरेको छ । त्यतिमात्र होइन, विद्यार्थीलाई परेका कुनै पनि खालका समस्या समाधान गर्ने, आइक्यानको हक हितका लागि डटेर लड्ने र सबैसंग राम्रो सम्बन्ध राख्न सक्ने नेताका रुपमा उनलाई चिन्नेहरु धेरै छन् । यसो त विद्यार्थी भएकै बेला उनले भारतीय बोर्डमा अध्ययन गरेका विद्यार्थी तथा सिएहरुसँग पनि निकै राम्रो सम्बन्ध राखेका थिए भने सबै मिलेर अगाडी बढ्नुपर्ने विचारका साथ अगाडी बढेका थिए ।
यसो त स्पष्ट वक्ताका रुपमा चिनिने उनी आफ्नो हकका लागि खरो व्यक्ति पनि मानिन्छन् । एक व्यक्ति एक पेशाको मुद्धामा आफैं आन्दोलनको लिड गरेका उनी त्यतिबेला एक व्यक्ति एक पेशा पर सार्न खोज्नेहरुको आँखाको तारो नै बनेका थिए । तर सत्यका लागि अडिक बनेर लाग्ने उनको स्वभाव र सबैलाई समेटेर अगाडी लैजान सक्ने उनको क्षमताका कारण विशेषगरी नेपाल बोर्डका धेरै विद्यार्थीले उनलाई ‘आइडल’ कै रुपमा लिएका छन् । अझ खास कुरा त के छ भने उनी धेरैमाझ प्रिय त छन् नै, सिए भएपछि उनले समातेको फरक लयको प्रशंशक पनि धेरै छन् ।
‘मैले विद्यार्थी भएर जे जति गर्न सकें, त्यसको मुल्यांकन सबैले गर्नुभएकै छ । अव एक्यानमा गएर राम्रो काम गर्ने हो । आफ्नो हकहितका लागि उस्तै कठोर बन्ने हो र सबै सिएहरुको राम्राका लागि सबैसँग मिलेर अगाडी बढ्ने हो। ‘सिए सरोकारसँग कुराकानी गर्दै गिरीले भने, ‘एनकासामा मैले खेलेको भूमिकाले मलाइ अझै जिम्मेवार बनाएको छ । साथीभाइ सबैको आग्रहमा एक्यानमा उम्मेद्वारी दिएको हुँ । सबैको साथ पाउने कुरामा आशावादी छु। ‘
प्रतिक्रिया दिनुहोस्