काठमाडौँ – भारतमा रही सिए अध्ययन गर्ने विद्यार्थीहरुका विभिन्न समूहहरुमध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले (एचएनएसजी) आफ्नो बार्षिक सोभिनियर ‘दी भोइस अफ एभेरेष्ट’को १६औं संस्करण सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँको नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रममा एक्यानका पूर्व अध्यक्ष भरत रिजाल, वर्तमान अध्यक्ष हरि सिलवाल, सिए दीपक पाण्डे, सिए बद्री गुरागाईं, हातेमालोकि हालकी अध्यक्ष आयुष्मा अर्याल, एनकासाका अध्यक्ष ऋषि पोखरेलले संयुक्त रुपमा उक्त सोभिनियरको विमोचन गरेका थिए । उक्त सोभिनियर भारतमा विमोचन भइसकेको छ ।
कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समुहकि अध्यक्ष आयुष्मा अर्यालले आफ्नो भनाइ राखेकि थिइन् । साथै उनले उक्त सोभिनियर प्रकाशित गर्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवादसमेत दिएकी थिइन् । उक्त ककर्यक्रममा बोल्दै एक्यानका अध्यक्ष हरि सिलवालले आफुपनि हातेमालोको सदस्य भएको बताएका थिए ।
साथै कार्यक्रमको दोश्रो संस्करणमा एक्यानका अध्यक्षका दुइ उम्मेदवारहरुले आ-आफ्नो एजेन्डा राखेका थिए । उक्त कार्यक्रममा बद्री गुरागाइं र आनन्द शर्मा वाग्लेले १५-१५ मिनेट बोल्दै आफ्ना एजेन्डा सामुहिक भएको र एक्यानका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए ।उक्त कार्यक्रममा केहि दिनअघि निधन भएका सिए ऋषिकेश पहारीको आत्माको चीर शान्तिको कामना गर्दै शोकसमेत मनाइएको थियो भने सोहि दुर्घटनामा परेर हाल अस्पतालमा पर्नुभएका सिए विमल थापाको उपचारार्थ सहयोग रकम संकलन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्