
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- स्थापनाको छोटो समयभित्रै धेरै विद्यार्थीको रोजाईमा पर्न सफल सिए इन्स्टिच्युट गुरुकुल कर्मश एकेडेमीले यसपाली ऐतिहासिक नतिजा ल्याउन सफल भएको छ । गुरुकुल सिएमा अध्ययन गरेका विद्यार्थी बिकास डंगोलले क्याप वान टप गरेका छन् भने अभियान मान श्रेष्ठ र अभिषेक पाण्डेले क्रमश: तेश्रो र चौथो र्यांक ल्याएका छन् । गुरुकुल सिएबाट पहिलोपटक प्रथम र्यांकको नतिजा आएको हो ।
स्मरण रहोस् कक्षा १२ मा नेपाल टप विद्यार्थी पनि गुरुकुल सिएमै सिए अध्ययनरत छन् । पछिल्लो समय एकपछी अर्को उत्कृष्ट नतिजा ल्याउन सफल भएको गुरुकुल सिए पछिल्लो समय नेपाल बोर्ड अन्तर्गतका विभिन्न तहका सिए कक्षाका लागि विद्यार्थीहरुको रोजाईको गन्तब्य बन्न थालेको छ ।
स्थापनाकालदेखि नै विद्यार्थीको मन जित्न सफल भएको गुरुकुल सिएले आफ्ना विद्यार्थीले नेपाल टप गरेपछि यो नतिजाका लागि अहोरात्र खट्ने सबैलाई धन्यवाद दिएको छ । सामाजिक सञ्जालमार्फत गुरुकुल सिएका तर्फबाट सिए मुकुल भट्टले सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्