Skip to content

कविता : सीए विद्यार्थीको प्रेम प्रस्ताव

  • दिलिप भुषाल 


मेरी दिलकी परी
तिम्रो सम्झना
किन  आउँछ
घरी-घरी ??

म तिमीलाई
माया गर्छु
लाग्छ तिमी बिना त
म जिउँदै मर्छु
यो एकोहोरो माया
अनि २४ घण्टा
तिम्रै दायाँबायाँ
सम्झिदा-सम्झिदा
दिन-रात बिर्सिएँ मैले
दालभात बिर्सिएँ
सबथोकबिर्सिएँ
बस
तिमीलाई सम्झिएँ
मात्र तिमीलाई
सम्झिए

जब तिमी
त्यो अल्हरे ठिटो
जो २४ घण्टा
चुरोटको ठुटोलाइ
आफ्नो जिन्दगि सम्झन्छ
जसले
बाउलाई आत्महत्याको
धम्कि दिएर
किनेको बाइकमा बसी ,
तिमी उसैलाई
आफ्नो सपनाको राजकुमार सम्झेछौ
हामीले  ११/१२ मा पढेको
मधु-मालतीको कथा जस्तै
जो बायुपंखी घोडामा
तिमीलाइ चडाएर
सहरका गल्लीगल्ली
चिया-पसल चहार्दै हिड्छ
अनि
तिमीलाई चिया चुस्की,
चुरोटको धुवा जस्तै
उडाइरहेछ
बस उडाइरहेछ

म सम्झन्छु आफुलाई 
त्यो चुरोटको ठुटो
जो तिमीलाई
अनि तिम्रो सपनाको
राजकुमारलाई
काम नलाग्ने
टोकरी फालेको
देख्न मन नलाग्ने
हो म त्यस्तै
दुरुस्त त्यस्तै
फालिएको ठुटो भएको छु
अनि तिम्रो पनि त् जिन्दगि
थाहै नपाइ चुरोटको धुवा जस्तै उडिरहेछ
त्यसैले
आउ प्रिय,
सपनाबाट ब्यूझिएर
एउटा नया संसार बनाउ
जहाँ तिमी र म
संगै रमाउ

हेर
आजभोलिको सस्तो माया
बजार बजारमा सेल(Sale) लगाउनेलाई
के थाहा
यो मन भित्रको branded माया
जो सालौं  साल टिकिरहन्छ
सात जुनी
सयौं जुनी
तिमी नै मेरो tade mark
तिमि नै copy right
अनि
तिमी नै patent
आउ हाम्रो मायाको goodwill बढाउ
त्यो दिन दिनै गिर्ने नेप्से परिसूचकमा
हाम्रो मायाको share
standard charterd bank जस्तै
दिन दुई गुना रात चार गुना चढाउ

सुन न
तिम्रो दिलको कुनै
कुनामा
के मेरो लागि
कतै लुकेर बसेको
तिमिले थाहै नपाइ पसेको
छ त माया ?

प्रतिक्रिया दिनुहोस्