
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ लाख संशोधन गर्न बनेको विद्येयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको छ। विद्येयकमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाको प्रतिनिधि र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिलाई सदस्याबाट हटाउँदै ७ जनाको बोर्डलाई ५ जनामा समितिले गर्ने भएको छ ।
यसअघि बोर्डको सदस्य हुनको लागि अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोतर हासिल गरी धितोपत्र बजार, व्यवस्थापन, पुँजी बजार विकास, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेमा यसलाई बढाएर १० वर्ष राख्ने व्यवस्था विद्येयकमा व्यवस्था रहेको छ ।
यसअघि आइक्यानका प्रतिनिधि पनि धितोपत्र बोर्डमा हुने व्यवस्था थियो।
प्रतिक्रिया दिनुहोस्