काठमाडौँ । रजिष्टर्ड अडिटर प्रोफेसनल डेभलप्मेन्ट टास्क फोर्सले आइक्यानलाई पेश गरेको प्रतिवेदन सार्वजनिक भएपछी अहिले यो विषयले नेपाली सिए क्षेत्र तातेको छ । यस विषयमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)सँग पनि छलफल भएको आशयको रिपोर्ट टास्क फोर्सले तयार गर्दा पनि एक्यान औपचारिक रुपमा बोलेको छैन । तर एक्यानका पूर्व पदाधिकारीहरु यस विषयमा खुलेरै कुरा राख्न थालेका छन् । यसैबीच संघका पूर्व कोषाध्यक्ष राजु ढकालले समेत टास्क फोर्सको प्रतिवेदनमा आपत्ति जनाएका छन् ।
‘आरएहरुलेकेही सामान्य प्रकृया पूरा गरेर सि को मान्यता दिन सकिने सुझावप्रति मेरो घोर आपत्ती छ ।’ सिए सरोकारसँग कुराकानी गर्दै ढकालले भने, ‘ जे हुँदैछ, त्यो गलत हुँदैछ । एक्यानले पनि बिरोधको कार्यक्रम चाडो भन्दा चाडो सार्वजनिक गर्नुपर्छ । प्रतिवेदन समस्त सिए र सिए विद्यार्थीको हितमा नरहेको हुनाले तत्काल प्रतिवेदन फिर्ता लिन रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्ससँग माग गर्नुपर्छ।’
साथै उनले प्रतिवेदनमा उल्लेख भएझैं एक्यानसँग कुनै पनि छलफल नभएको स्पष्ट पारेका छन् । ‘एक्यानसँग यस्तो गम्भीर विषयमा छलफल भएको भए हामीलाई थाहा हुनुपर्थ्यो । कुनै पनि छलफल भएको छैन । यस्तो कुरामा एक्यानले आफ्नो कुनै राय पनि दिएको छैन । र हाम्रा सदस्यहरु र समग्र प्रोफेसनलाई गलत दिशातर्फ लैजानेगरी हामी कुनै पनि यस्ता गलत कुरामा सम्झौता गर्न सक्दैनौं ।’ उल्टो खोलाको उदाहरण दिंदै उनले अगाडी भने-खोला उल्टो बग्नु भनेको बिनाश निम्त्याउनु हो, यो केस पनि यस्तै हो ।
प्रतिक्रिया दिनुहोस्