- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली सिए क्षेत्रमा अहिले आरएलाई सिए बनाउने विषय खुब चर्चाको विषय बनेको छ । आइक्यानले गठन गरेको एक टास्क फोर्सले आरएलाई सिए बनाउने बाटो खुला गर्न सुझावसहितको प्रतिवेदन आइक्यानमा बुझाएपछी अहिले यो प्रतिवेदन चर्चामा छ । अझ आइक्यानले एक्यानसँगको सहमतिमै उक्त प्रतिवेदन तयार भएको बताएपछि एक्यानले आइक्यानको उक्त दाबी झुटो भएको दाबी गर्दै आइक्यानमा ध्यानकर्षण पत्र बुझाएको छ । सिए सरोकार डटकमले पहिलो पटक सार्वजनिक गरेपछि उक्त प्रतिवेदन ‘टक अफ दी फेट्रनीटी’ भएको छ । काउन्सिल बैठकमा जानु अघिनै प्रतिवेदन सार्वजनिक भएपछी विभिन्न समूहहरुले आइक्यानमा आन्दोलन नै गरे र नतिजास्वरूप लामो छलफल भएपनि उक्त प्रतिवेदनबारे काउन्सिलले निर्णय गर्न सकेको थिएन । अझ उक्त प्रतिवेदनलाई लिएर एक्यानका जिम्मेवार अधिकारीहरुले नै कडा टिप्पणी गरेपछि आइक्यानको नेतृत्व पनि यो विवादलाई कसरी सुल्झाउने भन्ने ‘प्रेसर’मा छ । एक्यानले टास्क फोर्सको प्रतिवेदनको एजेन्डा अगाडी बढाईए आन्दोलनको चेतावनीसमेत दिएका छन् ।
विवाद विषयान्तर गर्न ओएमओपीको सूचना !
केहि दिनअघि एक्कासी एउटा सूचना आयो । सुचना निकै ‘शुभ’ थियो । कारण आइक्यानले रजिष्टर्ड अडिटरहरुलाई आउँदो २०७८ साउन १ देखि पूर्ण रुपमा ‘एक व्यक्ति एक पेशा’ कार्वान्वयन हुने भन्ने सूचना प्रकाशित गरेको छ । बर्षौंदेखि सिएहरुले उठाईरहेको मुद्धा र बर्षौंदेखि आइक्यानमा आरएहरुको मुख्य एजेन्डा हुँदा यो विषयमा सिएहरु लाचारजस्तै बन्नुपरेको थियो । हरेकपटक अध्यक्ष र उपाध्यक्ष हुनका लागि आरएहरुको एजेन्डालाई ‘दक्षिणा’स्वरूप मानिदिने प्रचलनले निरन्तरता पाउँदा ‘एक व्यक्ति एक पेशा’ कार्वन्वायन हुन सकेको छैन ।
एक्कासी उक्त सूचना आएपछि सबैजना खुसी भए । तर सूचना आएपछि मुख्य त दुई कुरा उठे । एक, धेरै अघि भएको निर्णय ‘बेमौसमी बाजा’ जसरी किन मङ्सिरमा प्रकाशित भयो । अर्को २०७८ असार मसान्तमा फेरी आरएहरुले यो मुद्धा नउठाउलान् भन्ने के ग्यारेन्टी छ र ? यस विषयमा अर्थ सरोकारले योप सूचना प्रकाशित हुनुको ‘चुरो कुरो’ पत्ता लगाएको छ । सो चुरो कुरो के हो भने अहिले आरएलाई सिए बनाउने मुद्धालाई विषयान्तर गर्न नै यो मुद्धा उठाईएको छ ।
भित्र सहमति, बाहिर नौटंकी !
केहि सिनियर आरएहरुकै सल्लाहमा यो सूचना प्रकाशित गरिएको स्रोतको दाबी छ । आइक्यानका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार यो सूचना आउनुका दुई मुख्य उद्देश्य हुन् । पहिलो भनेको यो सूचना अहिले बाहिर ल्याएर तत्कालका लागि टास्क फोर्सको प्रतिवेदनलाई विषयान्तर गर्ने र हल्ला सामसुम हुनेबित्तिकै काउन्सिलमा आरएलाई सिए बनाउने एजेन्डालाई पास गर्ने । अर्को भनेको ‘कि एक व्यक्ति एक पेशा लागु हुने नीति पर धकेल, कि आरएहरुलाई सिए बनाउने बाटो खोल्न सहयोग गर’ भन्ने बार्गेनिङ गर्ने तयारीमा छन् रजिष्टर्ड अडिटरहरु । ‘आरए साथीहरुबाट अहिले एक व्यक्ति एक पेशाको सूचना निकालौं भन्ने कुरा आयो ।’ आइक्यानका ती अधिकारीले भने, ‘सूचना निकालिएपछी अहिलेको विवाद पनि मत्थर हुन्छ र २०७८ असारमा आरएलाई सिए बन्ने बाटो खुला गर्ने एजेन्डा तत्कालका लागि छोडेजस्तो गरेर एक व्यक्ति एक पेशाको मिति सार्ने र मिति सारिसकेपछि अर्को कोहीलाई उपाध्यक्ष बनाउने बेलामा पुन: आरएलाई सिए बनाउने कुरा उठाउने भन्ने आइडिया आयो । कुनै एक त छोडेकै हो नि भन्न पनि सजिलो हुन्छ । दुबैले जितेजस्तो पनि हुन्छ ।’ भन्ने तरिका एक सिनियर आरएकै सल्लाहमा सो सूचना बाहिरिएको हो । ती अधिकारीका अनुसार आरएलाई सिए बनाउने मागको सम्बोधन नभए एक व्यक्ति एक पेशाको नीति पर सार्ने र सो मिति पर नसारे अव आरएहरुको एक मात्र मुद्धा नै आरएलाई सिए बनाउने हो ।
सबैभन्दा घाटा युद्धराज ओलीलाई !
यो प्रकरणमा सबैभन्दा घाटा युद्धराज ओलीलाई हुने देखिएको छ । यो टास्क फोर्स गठन हुँदा मदन शर्मा त्यसका संयोजक थिए । तर प्रतिवेदन बुझाउँदा उनी संयोजक भए । सो टास्क फोर्समा आइक्यानका उपाध्यक्ष संयोजक हुने व्यवस्था थियो । अहिले ओली उपाध्यक्ष छन् । उनी अध्यक्ष हुन अवको चुनाव जित्नुपर्छ । ‘आइसीएआइसँग भेदभावपूर्ण एमआरए गरेको र आरएलाई सिए बनाउने कुरामासमेत उनी नै संयोजक भएर प्रतिवेदन बुझाएको’ भन्दै उनीसँग रुष्ट बनेका छन् सिएहरु । उनका कतिपय ‘कोर भोटर’हरु नै यसपाली ‘युद्ध दाइलाई भोट दिन मेरो नैतिकताले दिंदैन’ भन्दै हिडेका छन् । अर्कोतर्फ टास्क फोर्सको प्रतिवेदनमाथि छलफल गर्दै एक्यानले आइक्यानका पूर्वअध्यक्षहरुसँग पनि कुराछलफल गरेको थियो । यहि विषयलाई लिएर युद्धराज ओलीलाई पछार्ने खेल उनका विरोधीहरुले गर्न थालेका छन् । उपाध्यक्ष चुनावमा उठेका बेला पूर्व अध्यक्षहरुको एक छापे भोट आउने गर्छ । यसपाली ओलीको केसमा यसै होला भन्न सकिने अवस्था बिग्रिदै गएको छ । यद्यपी उनको भोट बैंक राम्रै छ । यो प्रकरणमा पनि उनी नजानिँदो पाराले फसेको तथ्य पनि सबैजसोले बुझेका छन् । तर चुनावमा यस्तै कुराहरु कहिलेकाहीं सार्है भारी पर्ने गरेका उदाहरणहरु बिगतमा पनि देखिएकै हो ।
हेर्नुहोस् सन् २०१४ मा यसरी एक व्यक्ति एक पेशा लागु हुने मिति सार्न खोजिएपछी विद्यार्थीहरु र मिति सार्नुपर्छ भन्दै अडानले आन्दोलन गर्दाको भिडियो :
प्रतिक्रिया दिनुहोस्