Skip to content

चार्टर्ड क्रिकेट लिगको उपाधि शंकर अर्याल एण्ड एसोसिएट्सलाई !

  • सिए सरोकार सम्बाददाता
काठमाडौं। चार्टर्ड क्रिकेट लिग (सीसीएल ) को उपाधि शंकर अर्याल एण्ड एसोसिएट्सले उचालेको छ। आईतबार काठमाडौँको मुलपानी क्रिकेट ग्राउण्डमा भएको प्रतियोगिताको फाइनल खेलमा डि एन्ड डि एसोसिएट्सलाई ६० रनले पराजित गर्दै शंकर अर्याल एण्ड एसोसिएट्सले उक्त उपाधि जितेको हो । एसोसिएट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
कुल ५ टिमको सहभागीता रहेको उक्त लिगको अन्तिम खेलमा खेलमा शंकर अर्याल एसोसिएटले १ सय ४९ रनको टार्गेट दिएको थियो । उक्त टार्गेट पछ्याउँदै पछ्याउँदै जवाफी ब्याटिङ गरेको डि एन्ड डि १६.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८८ रनमा सिमित भएपछि शंकर अर्याल एसोसिएट्सले उक्त उपाधि हाँसिल गरेको हो।
उक्त खेललाई एकेडेमी अफ कमर्शले मुख्य प्रायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्