Skip to content

आइक्यान र कर्मचारी संगठन मिलेर आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न, सहभागीले भने- ‘सार्है पूण्यको काम’

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
आइक्यान र आइक्यानको कर्मचारी संगठनको संयुक्त आयोजनामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा आइक्यानका कर्मचारी, सम्मेलनका सहभागी तथा सिए विद्यार्थीहरुले रक्तदान गरेका थिए । आइक्यानको कर्मचारी संगठनले हरेक बर्ष यस्तो पूण्यको काम गर्दै आएको छ।
साथै सम्मेलनमा नियमित स्वास्थ्य परिक्षणको सेवा समेत दिइएको थियो । सम्मेलनका सहभागीहरु सो सेवाबाट लाभान्वित भएका थिए भने आइक्यानले आयोजना गरेको प्रथम राष्ट्रिय लेखाव्यवसायी सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो ।  
रक्तदान कार्यक्रम सार्है पूण्यको काम भएको भन्दै सहभागीहरुले आइक्यान र आइक्यानको कर्मचारी संगठनको कामको खुलेर प्रशंसा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्