भारतमा रही सिए अध्यययाँ गरिरहेका नेपाली बिधार्थीहरुका विभिन्न समुहहरु मध्येको एक हातेमालो नेपाली बिधार्थी समुहले गत १९ अक्टोबरका दिन एक बिशेष सेमिनारको आयोजना गरेको छ। कठिन पढाइ र निरन्तरको मेहेनतका वावजुत पनि बिधार्थी किन अनुतिर्ण भइरहेका छन् भन्ने बिषयमा उक्त सेमिनारमा छलफल भएको आयोजकको भनाइ छ । कार्यक्रममा तिन घण्टाको अवधिको परिक्षालाइ कसरि सन्तुलन गर्ने भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया भएको जानकारी समुहका अध्यक्ष बिशाल भट्टराइले सिए सरोकारलाइ जानकारी दिनु भएको छ। सेमिनारमा परिक्षामा कसरि प्रस्तुतीकरण गर्ने र कस्तो प्रस्तुतीकरण गरिएमा सफल हुन सकिन्छ भन्ने बारे अन्तरक्रिया गरिएको बताइएको छ।

परिक्षाको बेला पढ्नु मात्र महत्वपूर्ण नभएको बताउदै उहाले पढेको कुरा उत्तरपुस्तिकामा सहि तरिकाले नलेखिए नतिजा राम्रो नआउने बताउनु भएको बुझिएको छ। कार्यक्रममा भारतमा रही सिए अध्यायन गरिरहेका हातेमालो बिधार्थी समूह सबद्द नेपाली बिधार्थीहरुको सहभागिता थियो। कार्यक्रम उपलब्धिमुलक भएको बिधार्थी हरुलाई उदृत गर्दै समुहका अध्यक्ष बिशाल भट्टराइले सिए सरोकारलाइ जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्