भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली विधार्थीका विभिन्न समूह मध्यको एक हातेमालो नेपाली विधार्थी समुहले नेपाली अर्थतन्त्रका जल्दाबल्दा मुद्धाहरुलाई मुख्य बिषय बनाई एक समिनार आयोजना गरेको छ।
Contemporary Issues of Nepalese Economy and Entrepreneurship बिषय दिईएको उक्त सेमिनारमा नेपाली अर्थतन्त्रका विभिन्न मुद्धामा अन्तरक्रिया भएको थियो भने अर्जुन राज पन्त र लिला राज बराललाई बिदईको कार्यक्रम समेत सम्पन्न भएको थियो।
कृष्ण प्रशाद ढकालले आथित्यता ग्रहण गर्नु भएको उक्त कार्यक्रममा राधे श्याम बन्साल , राज चावोला लगायत चर्चित सिएहरु हातेमालोले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अथितिका रुपमा उपस्थित हुनुहुन्थ्यो।
साथै उक्त कार्यक्रममा नेपाली दुताबास र अन्य संघ संस्थाबाट समेत विभिन्न अथितिहरु उपस्थित हुनुहुन्थ्यो। बिसेष गरी नेपाली बजारमा ‘इन्टरप्रिनरशिप’ बारे कार्यक्रममा बिसेष अन्तरक्रिया गरिएको थियो।
साथै उक्त कार्यक्रममा ‘लेखापरीक्षण वा जागिर?’ बिषयमा पनि अन्तरक्रिया गरिएको थियो। हातेमालो नेपाली विधार्थी समुहले यसखाले विभिन्न कार्यक्रमहरु समय समयमा गर्दै आएको छ।
हातेमालोको आयोजनामा अर्को विशेष सेमिनार सम्पन्न

प्रतिक्रिया दिनुहोस्