लक्ष्मीनगरमा रही सिए अध्ययनरत विधार्थी रुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले जुनकिरी फायर फ्लाईज एसोसिएसन अफ नेपालले १८ जनवरीका दिन GROOMING WITH PROFESSIONAL, PART -1नामक कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रममा बिशेष अथितिका रुपमा डा. माल्लिका शाक्य, सिए भगवान लाल र सिए नगेन्द्र शाहको उपस्थिति रहेको जुनकिरी एसोसिएसनले बताएको छ। उक्त कार्यक्रममा डा. माल्लिका शाक्यले आफु काठमान्डूबाट सुरु गरेको यात्राबाट अक्सफोर्ड बिश्वबिधालयका दिनहरु अनि बिश्व बैंकमा बिताएका ६ बर्षको अनुभव बिधार्थीहरु माझ राख्नुभएको थियो। आजको दिनमा दक्षिण एसिया बिश्वबिधालयमा प्राध्यापकको रुपमा काम गर्दा पाएको खुसि साट्नुभयो। कार्यक्रममा सिए भगवान लालको करियरका बारेमा उनका नि:वर्तमान बिधार्थी बिजय जेसवालले अन्तर्वार्ता पनि लिनु भएको थियो। धेरै प्रश्नहरु मध्ये अन्तिम प्रश्नको उत्तर दिदै नेपालमा धेरै बिकाशको सम्भावना रहेको र देशलाइ बिकशित गर्न हामीजस्ता नवयुवकहरुको आबश्यकता रहेको बताउनुभयो। सिए नगेन्द्र शाहले पनि आफु नेपालबाट पढ्न आउदा बिधार्थी जीवनमा भोगेका कुराहरु र अहिले दिल्लीमा सिए बिधार्थीलाइ पढाउन पाउदाको खुसि ब्यक्त गर्नु भयो। उहाले कमाएर नेपाल मै उद्योग सुरु गर्ने र धेरै सामानमा ‘मेड इन नेपाल’ को ट्याग लाउने इक्षा ब्यक्त गर्नुभयो। उक्त कार्यक्रममा बिधार्थीहरुले पनि पावोरपोइन्टमा प्रस्तुति गरेका थिए। त्यसमध्ये सृजना भण्डारीले महिला शशक्तिकरण आशिष रानाभाटले ‘बिट कोइन’ र सुरज बस्नेतले ‘जीयस टि ‘ बिषयमा प्रस्तुति गरेका थिए। कार्यक्रममा सिए भगवान लालले डा माल्लिका शाक्य र जुनकिरी एसोसिएसनका सम्पूर्ण सदश्यलाइ फूल गुच्छाले अभिनन्दन गर्नु भएको थियो। र महिलाले बाहिर बाट आए पनि आफ्नो लागि एकजुट भएर काम गरेको मा खुसि ब्यक्त गर्नु भयो। त्यस्तै कार्यक्रमलाइ रोचक ढङ्गले प्रस्तुत गर्ने कृतिका सापकोटा र अशु ऊपाध्यायाले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको बीचमा विभिन्न रोचक खेल ल्याएर जिना थिंग आएकी थिइन्।
जुनकिरी एसोसिएसन अफ नेपालको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्